एशियन लाइफ इन्स्योरेन्सको दुई शाखा कार्यालय सञ्चालनमा

0
Shares

एशियन लाइफ इन्स्योरेन्स (ALICL) ले दुई शाखा कार्यालय विस्तार गरेको छ ।

कम्पनीले काठमाण्डौंको नयाँ बानेश्वर र चाबहिलमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।

कम्पनी संचालक समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठ, कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ र बागमती प्रदेश प्रमुख लोकराज जोशीको उपस्थितिमा शाखा कार्यालय उद्घघाटन गरिएको कम्पनीले जानकारी दिएको छ ।

नयाँ शाखा कार्यालय विस्तारसँगै यस कम्पनीको शाखा संख्या ४२ र उपशाखा संख्या १०६ पुगेको छ । निकट भविष्यमा प्रभावकारी ग्राहक सेवाको लागि सम्भाव्यताको आधारमा काठमाण्डौं उपत्यकाभित्र थप शाखा तथा उपशाखा कार्यालयहरु खोल्दै लैजाने कम्पनीले लक्ष्य लिएको छ ।

कम्पनीले सावधिक, अग्रिम भुक्तानी सावधिक, आजीवन, म्यादी सहित २३ वटा बीमा योजनाहरु प्रचलनमा ल्याएको छ । २०७८ असार समान्तसम्ममा कम्पनीको जीवन बीमा कोष २६ अर्ब २५ करोड रुपैययाँ भन्दा बढी रहेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।