रिलायबल नेपाल लाइफको खुद बीमाशुल्क ८८% ले बढ्यो, २२ करोड नाफा

0
Shares

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद बीमाशुल्क संकलनलाई ८८.०१ प्रतिशतले बढाएको छ ।

कम्पनीले २ अर्ब ९५ करोड ८९ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले १ अर्ब ५७ करोड ३८ रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

यस अवधिमा कम्पनीले २२ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा २१ करोड ४३ लाख रुपैयाँ कमाएको रिलायबलको खुद नाफा ५.३९ प्रतिशतले बढेको हो ।

कम्पनीको जगेडा कोषमा ८४ करोड ३५ लाख कायम भएको छ । कम्पनीको जीवन बीमा कोष १२०.८९ प्रतिशतले बढेर २ अर्ब ५८ करोड रुपैयाँ जम्मा भएको छ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १५.३१ रुपैयाँबाट बढेर १६.१४ रुपैयाँ पुगेको कम्पनीको प्रतिशेयर नेटवर्थ १६५.९६ रुपैयाँ छ ।

रिलायबल नेपालले लगानी कर्जा तथा अन्यबाट कम्पनीले ३६ करोड ९१ लाख रुपैयाँ र बीमालेखको धितोमा कर्जाबाट ७ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चौथो कम्पनीले ३ अर्ब १ करोड ४७ करोड ९७ लाख कुल बीमाशुल्क आर्जन गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले १ अर्ब ६० करोड ३३ लाख ३८हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।

कम्पनीले यस अवधिमा ७५ करोड ५ लाख १८ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । कम्पनीले ८ हजार ६४ दाबी वापत सो रकम भुक्तानी गरेको हो ।
इन्स्योरेन्सले प्रिमियम मूल्यमा प्राथमिक शेयर (आईपीओ) बिक्रीका लागि पूँजी बजारको नियामक निकाय धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ ।

रिलायबल लाइफ इन्स्योरेन्सले प्रतिकित्ता २१२ रुपैयाँको दरले एक अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको ६० लाख कित्ता प्राथमिक शेयर निष्काशन गर्ने तयारीमा रहेको हो।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।