घरेलु तथा साना उद्यमीहरुको वित्तीय पहुँच अभिवृद्धिमा मेगा बैंक

0
Shares

लघु, घरेलु तथा साना र युवा तथा महिला उद्यमीहरुको वित्तीय पहुँच बढाउने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासङ्घ र मेगा बैंकबीच सम्झौता भएको छ।

लघु, घरेलु तथा साना उद्योगमा वित्तीय पहुँच अभिवृद्घिका लागि सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा महासङ्घका तर्फबाट अध्यक्ष श्यामप्रसाद गिरी र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनुपमा खुजेलीले सहमतिपत्रमा हस्ताक्षर गरे ।

सो अवसरमा महासङ्घका अध्यक्ष गिरीले सहमतिले तल्लो तहका उद्यमीहरुसम्म वित्तीय पहुँच पु¥याउन सहज हुने बताए भने बैंककी प्रमुख कार्यकारी अधिकृत खुजेलीले सम्झौताबाट लघु, घरेलु तथा साना उद्योगी लाभान्वित हुने अपेक्षा गरिन्। ।

महासङ्घ र बैंकबीच भएको सम्झौताअनुसार १० किसिमका सहुलियत कर्जा र नियमित कर्जाहरू वितरण गरिनेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।