महालक्ष्मी लाइफको ‘महालक्ष्मी बाल बचत’ बीमा योजना सार्वजनिक

0
Shares

महालक्ष्मी लाइफ इन्स्योरेन्सले नयाँ बीमा योजना महालक्ष्मी बाल बचत बीमा बचत योजना सार्वजनिक गरेको छ ।

कम्पनीले बुधबार एक कार्यक्रमबा बीच उक्त बीमा योजना सार्वजनिक गरेको हो । कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले उक्त बीमा योजना विक्रि गर्नको लागि औपचारिक रुपमा शुभारम्भ गरेका हुन् ।

यस बीमा योजनामा बचत, बचतमा प्रतिफल र बच्चाको जोखिम बहनको सुविधा समेत रहेको कम्पनीले जानकारी दिएको छ । उक्त बीमा योजना बच्चा जन्मेको १ महिनादेखि बच्चा १८ वर्ष नपुगुञ्जेल यस बीमा योजना लिन सकिन्छ ।

बीमा अवधिको छनोट बच्चा १८ वर्ष पुगे पछि ३५ वर्ष नपुग्दा सम्मको अवधि राखि ५ देखि २५ वर्षका लागि गर्न सकिन्छ । साथै बच्चा बालिग भै सके पछि बीमालेखको अख्तियार पुर्ण रुपमा हस्तान्तरण हुनेछ ।

उक्त योजना अन्तर्गत बीमा अवधि समाप्तिमा बच्चाको भविष्य निर्माणको लागि बीमाङ्क रकम र आर्जित बोनस रकम प्रदान गरिने कम्पनीले बताएको छ ।

यदि कुनै कारण बस बीमा चालु अवस्थामा बीमितको मृत्यू भएमा तत्कालै २५५ बीमाङ्क रकम भुक्तानी दिइने र बाँकी ७५५ बीमाङ्क रकम, आर्जित बोनस र ब्याज बीमा अवधि समाप्तिमा प्रदान गरिने गरी थप सुविधा यस योजनामा समावेश गरिएको कम्पनीका कार्याकरी निर्देशक रमेश कुमार भट्टराईले जानकारी दिए।

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।