सानिमा लाइफको आईपीओ बाँडफाँड, साढे पाँचलाखले शेयर पाउँदा एक लाख बढी आवेदन रद्द


सानिमा लाइफ इन्स्योरेन्सले साधारण शेयर ५ लाख ४० हजार जनाले हात पारेका छन् । कम्पनीले सर्वसाधरणमा बिक्री गरेको साधारण शेयरको शनिबार धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट मार्फत बाँडफाँड गरेको हो ।

कम्पनीले साउन २० गतेदेखि २४ गतेसम्म साधारण शेयरको बिक्री खुला गरेको थियो । कम्पनीको साधारण शेयरको माग गर्दै २४ लाख १९ हजार ८ सय ४८ आवेदनले खरिदका लागि आवेदन दिएका थिए । कुल आवेदन मध्ये एक लाख ११ हजार ७ सय २६ रद्द भएको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभू क्यापिटलले जनाएको छ ।

कम्पनीको साधारण शेयरमा आवेदन दिएका योग्य आवेदक मध्ये ५ लाख ४० हजार मात्र शेयर पाएभने १७ लाख ६८ हजार १२२ जनाले पाएनन् । कम्पनीले सर्वसाधारणमा निष्काशन गरेको कुल ६० लाख कित्तामध्ये कर्मचारीलाई ३ लाख र म्युचुअल फन्डलाई ३ लाख कित्ता शेयर छुट्याएर बाँकी ५४ लाख कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।