नेपाल फाइनान्सले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव

0
Shares

नेपाल फाइनान्स लिमीटेडले २८ औँ साधारण सभा आह्वान गरेको छ । फाइनान्सले भदौ २६ गते शनिबार संस्थाको केन्द्रीय कार्यालय, कमलादी काठमाण्डौमा बिहान ११ बजे सभा आह्वान गरेको हो ।

सभामा ललितपुर फाइनान्सलाई प्राप्ति पश्चात कायम भएको चुक्त पूँजी ४९ करोड ३४ लाख ९६ हजार ४०० बाट वृद्धि गरी ८३ करोड ८९ लाख ४३ हजार ८८० पुर्याउन १ः०.७० को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरिने छ ।

त्यसैगरी सभामा संस्थाले अन्य बैंक तथा वित्तीय संस्थालाई गाभ्ने गाभिने तथा एक्विजिशन गर्ने प्रक्रिया अगाडी बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्ने, संस्थाको चल अचल सम्पती र दासयत्व तथा कारोबारको मूल्यांकन गर्न मान्यता प्राप्त मूल्या.कन कर्ता नियुक्ति गर्ने लगायतका प्रसतावहरु पारीत गरिने फाइनान्सले जनाएको छ ।

साधारण सभा प्रयोजनका लागि फाइनान्सले भदौ १५ गते बुक क्लोज मिती तोकेको छ । तसर्थ बुक क्लोज भन्दा अघिल्लो दिन सम्म नेप्सेमा कारोबार भई कायम शेयर धनीले मात्र सभामा सहभागीता जनाउन पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।