जनरल इन्स्योरेन्सको खुद बीमाशुल्क घटे पनि खुद नाफा बढ्यो

0
Shares

जनरल इन्स्योरेन्स कम्पनी (GIC) ले  खुद बीमाशुल्क संकलन रकम घटेपनि नाफा बढेको वित्तीय विवरण प्रकाशित गरेको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको मुख्य आयको स्रोत मानिने खुद बीमाशुल्क संकलन घटेपनि कम्पनीको नाफामा भने आकर्षक सुधार देखिएको छ ।

यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी रकम, पुनर्बीमा कमिशन खर्च तथा सेवा शुल्क लगायतका शीर्षकमा खर्च कम भएका कारण बीमाशुल्क संकलन घट्दा पनि पनि खुद नाफा बढेको हो ।

कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा ९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा ७८.२७ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ५ करोड ५ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

यस अवधिसम्ममा कम्पनीले करोड २० करोड ७० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले २० करोड ९६ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

 चुक्ता पूँजी १ अर्ब रुपैयाँभएको कम्पनीको प्रतिशेयर आम्दनी ९ रुपैयाँ छ । जगेडा कोषमा ८ करोड ७५ लाख रुपैयाँ संचिती रहेको कम्पनीको प्रति शेयर नेटवर्थ ११९ रुपैयाँ ६५ पैसा छ । कम्पनीको बीमा कोषमा १० करोड १६ लाख रुपैयाँ रहेको छ ।

कम्पनीले ७ करोड ४९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । समिक्षा अवधिमा कम्पनीले दाबी भुक्तानी ७ करोड ६९ लाख रुपैयाँको दाबी भुक्तानी गरेको थियो ।

कम्पनीले यस अवधिमा लगानी कर्जा तथा अन्य आयबाट ८ करोड ६ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले यस्तो शिर्षकबाट १ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

यस अवधिमा कम्पनीको सेवा शुल्क खर्च, पुनर्बीमा कमिशन खर्चमा समेत गिरावट आएको छ । कम्पनीको पुनर्बीमा कमिशन खर्चको शीर्षकमा ४० हजार र सेवा शुल्क शिर्षकमा २० लाख रुपैयाँ खर्च भएको छ । गत आवको यसै अवधिमा पूनर्बीमा कमिशन खर्चको शीर्षकमा ९४ हजार र सेवा शुल्क शीर्षकमा २० लाख ९६ हजार रुपैयाँ खर्च भएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।