एशियन लाइफको बीमा कोषको आकार २२% ले बढेर २६ अर्ब पुग्यो

0
Shares

एशियन लाइफ इन्स्योरेन्सको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अवधिमा बीमा कोषको आकार २२.५७ प्रतिशतले बढेर २६ अर्ब ४८ करोड ७७ लाख रुपैयाँ पुगेको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा २१ अर्ब ६१ करोड २४ लाख रुपैयाँ सञ्चित थियो ।

कम्पनीले ५ अर्ब ८० करोड ३६ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५ अर्ब ५४ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो।

यस अवधिमा कम्पनीले २५ करोड ४३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ३९.८५ प्रतिशतले धेरै हो । गत आवको सोही अवधिमा कम्पनीको नाफा १८ करोड १८ लाख रुपैयाँ रहेको थियो ।

२ अर्ब १ करोड ७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको वार्षिक प्रति शेयर आम्दानी १२.६५ रुपैयाँ छ । जगेडा कोषमा ८९ करोड ९२ लाख रुपैयाँ सञ्चित रहेको कम्पनीको प्रति शेयर नेटवर्थ १४९.२४ रुपैयाँ छ ।

यसैगरी, कम्पनीले गत आवमा लगानी, कर्जा तथा अन्य आयबाट २ अर्ब ६ करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीले ७ हजार ७९५ बीमा दाबी वापत २ अर्ब ९५ करोड ६१ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । कम्पनीले १६८ बीमा दाबी वापत ४ करोड ८० लाख रुपैयाँ कुल दाबी भक्तानी गर्न बाँकी छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।