भर्खरै आईपीओ बिक्री गरेको सानिमा लाइफको यस्तो आयो प्रगति विवरण

0
Shares

सानिमा लाइफ इन्स्योरेन्सले गत आवको चौथो त्रैमाससम्ममा खुद बीमाशुल्क संकलन रकम १३३.३८ प्रतिशतले बढाएको छ ।

कम्पनीले यस अवधिसम्ममा १ अर्ब ९३ करोड ५४ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो आवको यसै अवधिमा कम्पनीले ८२ करोड ९३ लाख रुपैयाँ मात्रै खुद बीमाशुल्क संकलन गरेको थियो ।

कम्पनीले यस अवधिसम्ममा १० करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आवको यसै अवधिको तुलनामा २०.३७ प्रतिशतले बढेको हो । अघिल्लो आवको यसै अवधिमा कम्पनीले ८ करोड ५३ लाख रुपैयाँ आर्जन गरेको थियो । कम्पनीको यो नाफा बीमाङ्कीय मूल्याङ्कन अघिको नाफा हो । यो नाफामा बीमाङ्कीय मूल्याङ्कन पछि फेरबदल हुन सक्छ ।

कम्पनीले लगानी, कर्जा तथा अन्य आयबाट १३ करोड ५१ लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले १ अर्ब ९६ करोड ३१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको यसै अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन रकम ८३ करोड ८७ लाख रुपैयाँ थियो ।

चुक्ता पूँजीमा १ अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २४ करोड ७७ लाख रुपैयाँ र जीवन बीमा कोषमा २ अर्ब १० करोड २० लाख रुपैयाँ छ ।
कम्पनीले गत आवको अन्त्यसम्ममा लगानी, कर्जा तथा अन्य आयबाट १३ करोड ५१ लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले १ हजार ८९ वटा बीमा दाबी वापत १० करोड १३ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।