राष्ट्रिय बीमा कम्पनी खुद नाफा साढे ४३ प्रतिशतले घट्यो, इपिएसमा १०४ रुपैयाँ गिरावट

0
Shares

नेपाल स्टक एक्ससचेञ्जमा सूचीकृत कम्पनीमध्ये दोस्रो उच्च शेयरमूल्य रहेको राष्ट्रिय बीमा कम्पनी लिमिटेड (RBCL) को खुद नाफा ४३.५७ प्रतिशतले घटेको छ ।

अघिल्लो आवको यसै अवधिमा ६३ करोड ८५ लाख ६६ हजार रुपैयाँ नाफा गरेको कम्पनीको नाफा समीक्षा अवधिमा घटेर ३६ करोड ३ लाख २८ हजार रुपैयाँमा संकुचित बनेको हो ।

चुक्ता पूँजी २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १०४.३५ रुपैयाँले घटेर १३५.१४ रुपैयाँमा झरेको छ । नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि उच्च गिरावट आएको हो ।  अघिल्लो आवमा २३९.४९ रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको प्रतिशेयर नेटवर्थ १२८०.८१ रुपैयाँ र मूल्य आम्दानी अनुपात १५९.८४ गुणा छ ।

कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २२ करोड ६९ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । अघिल्लो आवमा २२ करोड ४५ लाख रुपैयाँ संकलन गरेकोमा १.०७ प्रतिशतले बढेको हो ।

समीक्षा अवधिसम्ममा कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आय पनि २२ करोड ५५ लाख रुपैयाँबाट घटेर १४ करोड ६ लाख रुपैयाँमा सीमित भएको छ। इस अवधिमा कम्पनीले पुनर्बीमा कमिसनबाट १७ करोड ६९ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवमा १७ करोड ४८ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको बीमा कोषमा २ अर्ब ४३ करोड ४२ लाख रुपैयाँ र जगेडा कोषमा ३ अर्ब १४ करोड रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बीमा कोषको आकार ८ प्रतिशत र जगेडा तथा कोषको आकार ६ प्रतिशतले बढेको छ ।

कम्पनीले यस अवधिमा ४ करोड २५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । कम्पनीको जारी बीमालेखको संख्या ४६ हजार ८८३ रहेको छ ।  जसमध्ये ८हजार ५२५ वटा बीमालेख नवीकरण गरिएका छन् । हालसम्म कम्पनीले ९ हजार ६७९ वटा दाबी वापत १५ करोड १८ लाख भुक्तानी गरेको छ ।

नेपाल स्टक एक्ससचेञ्जमा सूचीकृत कम्पनीमध्ये युनिलिभर नेपाल लिमिटेडको सबैभन्दा उच्च शेयरमूल्य रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।