नबिल बैंक र मुक्तिनाथ विकास बैंकबीच व्यापार सम्झौता

0
Shares

नबिल बैंकले मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई आवश्यकता पर्ने गैर कोषमा आधारित बैंकिङ सुविधाहरु उपलब्ध गराउन व्यापारिक सम्झौता गरेको छ ।

सम्झौताअन्तर्गत मुक्तिनाथ विकास बैंक लिमिटेड ग्राहकहरुले नबिल बैंकमार्फत लेटर अफ क्रेडिट, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट अक्सेप्टेन्स र लोकल बैंक ग्यारेन्टी जस्ता सुविधाहरु उपभोग गर्न सक्नेछन्।

यो सहकार्यबाट मुक्तिनाथ विकास बैंकको ग्राहकहरुले आधुनिक बैंकिङ सुविधाहरु उपभोग गर्ने अवसर प्राप्त गर्नेछन्।

साथै सम्झौतापश्चात् दुई बैंकबीच निक्षेप, रेमिट्यान्स, निर्देशित क्षेत्रमा लगानी, सह–वित्तीयकरण कर्जा, विदेशी मुद्रासम्बन्धी अन्य कारोबार समेत अगाडी बढाउने लक्ष्य राखिएको छ ।

साझेदारीको बारेमा बोल्दै नबिल बैकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने नबिल बैंकले यस सहकार्यको माध्यमबाट मुक्तिनाथ विकास बैंकको ग्राहकहरुलाई विस्तारित बैंकिङ सुविधा प्रदान गर्न पाउँदा खुसी लागेको बताए।

उनले भने, ‘यस व्यापार सम्झौता अन्तर्गत रहेर मुक्तिनाथ विकास बैंकको बैंकिङ साझेदार हुन पाउँदा नबिल बैंक उत्साहित छ र दुवै बैंकका ग्राहकहरुलाई उत्कृस्ट बैंकिङ सेवासुविधा प्रदान गर्नको लागि नबिल बैंक तत्पर छ ।”

नबिल बैंकसँग भएको यस सम्झौताले मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले आउँदा दिनहरुमा प्रतीतपत्र, बैंक जमानत, डिमान्ड ड्राफ्टलगायतका वैदेशिक व्यापारमा प्रयोग हुने विभिन्न उपकरणहरु मुक्तिनाथ विकास बैंकका ​शाखाहरुबाट नै प्राप्त गर्ने भएकाले वैदेशिक व्यापारमा संलग्न ग्राहकहरुलाई समग्र बैंकिङ सेवा लिन सुविधा पुग्ने कुरा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले जानकारी गराए।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।