अमेरिकन कोल्ड ड्रिंक्स ब्राण्ड आरसी कोला नेपाली बजारमा

0
Shares

अमेरिकन कोल्ड ड्रिंक्स ब्राण्ड आरसी कोला नेपाली बजारमा उपलब्ध भएको छ। नेपालमा नै उत्पादन सुरु भएर आरसी कोलाका ६ उत्पादन नेपाली बजारमा उपलब्ध भएको हो।

भेञ्चुरा बोटलर्स प्रालिले हल्का कार्बोनेटेट पेय उत्पादनको एउटा नयाँ श्रृंखला नेपाली बजारमा ल्याएको कम्पनीले जनाएको छ।

कम्पनीले एक विशेष कार्यक्रमबीच नेपाल आरसी कोला, माइरेन, आरसी क्यू लेमन लाइम, आरसी क्यू अरेज, जियर अप, जी पावर, कार्बोनेटेड वाटर सार्वजनिक गरेको हो।

यी सबै उत्पादनको बजार मूल्य एकै प्रकारको रहेको कम्पनीले जानकारी दिएको छ। २ सय ५० एमएलको नेपाली बजार मूल्य ४० रुपैयाँ रहने जनाइएको छ।

भेञ्चुरा बोटलर्स प्रालिले ५० करोड लगानीमा हेटौँडामा आफ्नो कम्पनी स्थापना गरी उत्पादन सुरु गरेको हो। वैशाखदेखि नेपाली बजारमा उपलब्ध गराउने योजना बनाए पनि कोरोनाको कारण आजदेखि बजारमा ल्याउन सकिएको कम्पनीका अध्यक्ष सुभाष आचार्यले बताए।

यी उत्पादनहरु नेपालभर उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ।

अध्यक्ष आचार्यले भने ‘आरसी कोला, पुरानो र चिरपरिचित अमेरिकी छवि अनि वर्तमानको अनुभूतिसहितको अमेरिकाको एक मौलिक कोला अब नेपालका पसल वा बिक्री भण्डारहरूमा उपलब्ध छन्।’

कम्पनीका अनुसार यसको उत्पादनका लागि आवश्यक पर्ने कन्सन्टेटेड कच्चा पदार्थ अमेरिकाको जर्जिया राज्यको कोलम्वसबाट आयात गरिन्छ। मकवानपुरमा रहेको मेञ्चुरा बोटलर्सको अत्याधुनिक प्लान्टमा अमेरिकी स्तरको प्रकृयामा नेपाली पानीको समिश्रणबाट नेपालमा आरसी कोला तयार हुने कम्पनीले बताएको छ।

सन् १९०५ मा संयुक्त राज्य अमेरिकाबाट उत्पादन सुरु गरिएको आरसी कोलाले विगत ११६ वर्षदेखि निरन्तर रुपमा संसारभरका पुगेको समेत कम्पनीले दावी गरेको छ।

सतार आरसीका उत्पादनहरुको संयुक्त राज्य अमेरिकाको खाद्य तथा औषधि प्रशासन ९एफडीए०, युरोपियन खाद्य सुरक्षा निकाय (ईएफएसए) का साथै एशिया र अफ्रिकाका विभिन्न खाद्य सुरक्षासँग सम्बन्धित निकायहरूबाट अनुमोदन तथा नियमन समेत भैसकको कम्पनीले बताएको छ।

उत्पादनको स्तर र उपभोक्ता हितप्रतिको प्रतिवद्दतालाई ध्यान दिने कम्पनीको दावी छ। नेपालमा उत्पादन हुने आरसीकोलाका हरेक उत्पादन नेपाली मौलिकतासँग समेत जोडिएको कम्पनीको भनाई छ।

कम्पनीले भनेको छ, ‘संसारको एक पुरानो, मौलिक र श्रृजनशीलताको परिचायक कोलालाई नेपालमा भित्र्याउन पाउँदा गौरवान्वित भइरहेका छौं। ’

नेपालमा कोल्ड ड्रिंक्समा प्रतिस्पर्धा रहे पनि आफ्नो गुणस्तर र मौलिकपनले बजारमा परिचित र राम्रो गर्ने अवसर मिल्ने कम्पनीका सीईओ कविन अर्यालले जानकारी दिए।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।