मालपोतका तथ्याङक कार्यालय समयपछि असुरक्षति, भूमि सम्बन्धी डाटा मेटाउने तथा फेरबदल हुन् सक्ने जोखिम


महालेखापरीक्षकको कार्यालयले मालपोत कार्यलमा सुरक्षाको व्यवस्था कमजोर रहेको औल्याएको छ । महालेखाले मालपोत कार्यालयको सर्भर कोठामा अनाधिकृत तथा आधिकारीक व्यक्तिको आवश्यकता भन्दा वढी पहुँच हुने हुँदा तथ्याङक फेरबदल हुन सक्ने जोखिम रहेको जनाएको हो ।
महालेखाको प्रतिवेदन अनुसार भू–अभिलेख सूचना व्यवस्थापन प्रणाली र सो सम्बन्धित भौतिक पूर्वाधार र जडानमा अनाधिकृत पहुँच नियन्त्रण हुनु पर्ने औल्याएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको डाटा सेन्टरमा बहु–आयामिक प्रमाणीकरणयुक्त पहुँच नियन्त्रणको व्यवस्था नभएकाले जोखिम बढेको महालेखाको निस्कर्ष छ । त्यसैगरी विद्युतीय गेटपास, आगन्तुहरुको अभिलेख पनि नराखिने र कार्यालय समयपछि सर्भर कोठाको सुरक्षा पनि भरपर्दो नभएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

हालसम्म विभाग र मातहतका ४० कार्यलयमा मात्र सीसीटीभी जडान भएको छ । जडान भएका सीसीटीभीको भण्डार क्षमता पनि सीसीटीभी जडान तथा सञ्चालक सम्बन्धी कार्यविधि २०७४ को विपरीत हुने गरी भण्डारण क्षेमता राखिएको छ । कार्यविधि अनुसार ९० दिनको भिडियो रेकर्ड हुनु पर्ने व्यवस्था भएपनि अधिकासं मालपोत कार्यालयको सीसीटीभीको भण्डार क्षमता तोकिए भन्दा कम रहेको लाखापरक्षणको क्रममा महालेखाले पत्ता लगाएको छ ।

विभागको तथ्याङक व्यवस्थापन प्रणालीमा हुने पहुँच नियन्त्रण व्यवस्था कमजोर हुदाँ अनाधिकृत व्यक्तिले तथ्याङकको दुरुपयोग गर्न सक्ने जोखिम रहेको महालेखाको प्रतिवेदनले औल्याएको हो । अनाधिकृत व्यक्तिको सहज र आधिकारीक व्यक्तिको आवश्यकता भन्दा बढी पहुँच हुँदा डाटाको गलत प्रयोग, फेरवदल, मेटाउने तथा तथ्याङकको गोपनियता जोखिमममा पर्ने अवस्था हुन सक्ने प्रतिवेदनमा उल्लेख छ ।
त्यसका लागि विभागले पहुँच नीति बनाई बलियो पासवर्ड र बहु–आयामिक प्रमाणीकरण अबलम्बन गर्नु पर्छ ।

सका साथै मातहतका कार्यालयहरुमा आगन्तुक लगको व्यवस्थापन गर्ने तथा प्रणालीको भौतिक सुरक्षा र पहुँच नियान्त्रण हुने व्यवस्थ ागर्न समेत महालेखाले विभागलाई सुझाएको छ । त्यसका साथै कार्यविधिमा उल्लेख भए अनुसारको भिडियो भण्डार क्षमता पनि कायम गर्न महालेखाले सुझाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।