डाँफे केयर र एनआरएनएबीच सम्झौता पत्रमा हस्ताक्षर

0
Shares

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) र डाँफे केयरबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।  विदेशमा रहेका नेपाली नागरिकहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्धेश्यले गरिएको उक्त सहमती पत्रमा आइतबार हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा एनआरएनएकातर्फबाट डा. संजीब सापकोटा, डाँफे केयरका तर्फबाट फार्मास्टि कबिन मलेकु, नेपाल मेडिकल एसोसिएसनका तर्फबाट डा. शिव श्रेष्ठ र नर्सिंग एसोसिएसन अफ नेपालका तर्फबाट प्रोफेसर मनकुमारी राईले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

वैदेशिक रोजगारीका लागि लाखौँ युवा विभिन्न मुलुकमा विदेशिएका छन् भने कति युवाहरु अहिले पनि कोरोना संक्रमणका कारण आइसियुमा रहेका छन् । त्यस्ता संक्रमितलाई डाँफे केयरले टेलिफोनसँगै, फेसबुक, ह्वाट्सएप, म्यासेन्जर, जुम लगायतका सामाजिक सञ्जाल मार्फत स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ ।

यसका लागि एनआरएनए ग्लोबल स्वास्थ्य समितिका अध्यक्ष समेत रहेका डा. संजीब सापकोटाले टेलिमेडिसिन केन्द्र र स्वास्थ्य क्लिनिक चलाउन पहल गरेका हुन् ।

यस्तै नर्सिंग एसोसिएसन अफ नेपालका तर्फबाट प्रोफेसर मनकुमारी राईले नर्सिंग सहयोगका लागि प्रतिबद्धता र यस्तै नेपाल मेडिकल एसोसिएसनका तर्फबाट डा. शिव श्रेष्ठ एवं अष्ट्रेलियन नेपाली मेडिकल फाउण्डेसनका तर्फबाट डा. कुसले समेत सहयोगका लागि प्रतिबद्धता व्यक्त गरेका छन् ।

डाँफे केयरका चिफ अपरेटिङ अफिसर कबिन मलेकुका अनुसार अहिलेको समयमा खास गरी विदेशमा रहेका नेपाली कामदारहरूका लागि टेली स्वास्थ्य सुविधाको अत्यावश्यक रहेको बताएका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।