दुई जीवन बीमा कम्पनीमा रोजगारीको अवसर

0
Shares

दुई जीवन बीमा कम्पनीमा रोजगार खुलेको छ । प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारी माग गरेका हुन् ।

गुराँस लाइफले मार्केटिङ पदका लागि र प्राइम लाइफले ब्राञ्च म्यानेजर, सब ब्राञ्च म्यानेजर र कर्पोरेट सेल्स पदका लागि कर्मचारी माग गरेको हो ।

प्राइमले महेन्द्रनगर र गुल्मीका लागि १ जना र काठमाडौं उपत्यकाका लागि २ जना ब्रान्च म्यानेजर माग गरेको छ । कम्पनीले सब ब्रान्च इन्चार्ज र मार्केटिङ एक्ज्युकिटिभ पदका लागि ३४ वटा शाखा कार्यालयमा कर्मचारी माग गरेको छ । त्यस्तै कम्पनीले अफिसर–कर्पोरेट सेलका लागि १ जना कर्मचारी मा गरेको छ । उक्त पदका लागि ब्याचलर, डिग्री देखी प्लस टू उर्तिणको शैक्षिक योग्यता हुनुपर्ने कम्पनीले बताएको छ ।

गुराँस लाइफले विरगञ्ज, बर्दिबास, गौर, जनकपुर, लालबन्दी सिमरा, पोखरिया लगाएतका शाखा कार्यालयमा कर्मचारी माग गरेको हो । कम्पनीले माग गरेको उक्त पदमा प्ल टु पास गरेकाले समेत आवेदन दिन सक्ने छन् ।

गुराँस लाइफले माग गरेको पदका लागि इच्छुक तथा योग्यता पुगेका आवेदकले भदौँ १३ गतेसम्म कम्पनीको इमेल ठेगाना [email protected] मार्फत आवेदन दिन सक्नेछन् । यस्तै, प्राइम लाइफ इन्स्योरेन्सले माग गरेको पदमा भदौँ १८ गतेसम्म इमेल ठेगाना [email protected] मार्फत आवेदन दिन सकिने छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।