कुमारी बैंकको कार्डबाट भुक्तानी गर्दा मेडी क्वेस्ट ल्याबरोटोरी क्लिनिकमा छुट

0
Shares

कुमारी बैंक र जावलाखेल, ललितपुरस्थित मेडी क्वेस्ट ल्याबरोटोरीबीच सहुलियतपूर्ण उपचार सुविधासम्बन्धी सम्झौता भएको छ।

सम्झौतामा कुमारी बैंकका मार्केटिङ प्रमुख नवीन मुनि बज्राचार्य तथा मेडी क्वेस्ट ल्याबरोटोरीका तर्फबाट कार्यकारी अध्यक्ष सुनिल श्रेष्ठले हस्ताक्षर गरे।

सम्झौता–पत्र अनुसार मेडी क्वेस्ट् ल्याबरोटोरीका विभिन्न स्वास्थोपचार सेवा शुल्कमा कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा २० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सकिनेछ। 

बैंकले देशव्यापी १९६ शाखा सञ्जाल, १६५ एटीएम, २८ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे छ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।