सिटी एक्सप्रेस मनी ट्रान्सफर र ट्यापट्याप सेन्डबीच रेमिट्यान्स कारोबार सुरु

0
Shares

सिटी एक्सप्रेस मनी ट्रान्सफर र युकेको ख्यातिप्राप्त ट्यापट्याप सेन्ड बीच रेमिट्यान्स कारोबार सुरु भएको छ। अब युकेमा रहेका नेपालीहरुले ट्यापट्याप सेन्डको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै नेपालमा पैसा पठाउन सक्नेछन्।

छिटै नै नेपालको जुनसुकै बैंकको खातामा पनि रकम जम्मा गर्न अथवा मोबाईल वालेटमा लोड गर्न सकिने सिटी एक्सप्रेसले जानकारी दिएको छ। साथै हरेक करोबारमा लाभार्थीलाई एसएमएसबाट जानकारी पनि गराइनेछ।

सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र ट्यापट्याप सेन्डका तर्फबाट निर्देशक माइकल फायले हस्ताक्षर गरेका छन्।

सिटी एक्सप्रेसले १५ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान दिँदै आइरहेको छ। आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभरका १२ हजारभन्दा बढी भुक्तानी केन्द्रहरु मार्फत भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।