नेपाल मै डाटा साइन्सको पढाई हुने, डाटा एनलाइसिस उत्पादन गर्ने लक्ष्य

0
Shares

त्रिभुवन विश्वविद्यालय अन्तरगतकाे गणित विज्ञान स्कुलले डाटा साइन्सको पढाई शुरु गर्ने भएको छ । गणित विज्ञान स्कुलले नेपालमै पहिलो पटक भदौ महिना भित्रै डाटा साइन्सको पढाई शुरु गर्ने तयारी गरेको हो ।

स्कुलले एक्चुअरी साईन्स अध्यापनको सफलतापछि स्नातकोत्तर तहमा डाटा साइन्स विषयको अध्यापन गर्ने तयारी गरेको हो ।

विश्वमै उत्कृष्ट कोर्षको रुपमा चिनिएको यो कोर्ष पुरा गरेपछि डाटा एनलाइसिसको जनशक्ति नेपालमै उत्पादन हुने स्कुलको बताएको छ ।
जसले गर्दा सरकारी तथा नीजि, इन्स्योरेन्स कम्पनी लगायत शेयर बजारका डाटा एनलाइसिस गरी ट्रेन्ड पत्ता लगाउन सहज हुनेछ । अर्कोतर्फ विदेशमा पनि यो विषय अध्ययन गर्नेले सजिलै काम पाउने स्कुलले बताएको छ ।

प्राविधिक जनशक्तिको रुपमा उनिहरुले विदेशी मुद्रा हासिल गरि देशकै आर्थिक स्थिति मजबुत बनाउने स्कुलको दाबी छ ।

उक्त विषय अध्यन गर्नका लागि त्रिभुवन विश्वविद्यालय वा यसबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा १५ वर्षे औपचारिक शिक्षा लिई स्नातक तहमा सिजिपिए २ वा दोस्रो श्रेणीमा पास हुनु पर्नेछ । त्यस्तै विए वा विएससीमा म्याथ वा तथ्याङ्कशास्त्र लिएर उत्तिर्ण भएको हुनु पर्नेछ । विइ वा विआईटी वा विसिए वा सो सरहको उपाधि लिएको हुनुपर्ने स्कुलले बताएको छ ।

स्कुलले साउन ३० गते डाटा साइन्सको प्रवेश परिक्षा सञ्चालन गरेको थियो । जसमा १४७ जनाले प्रबेश परिक्षाको लागि आवेदन दिएकोमा १३६ जना मात्रै लिखित परीक्षाको लागि योग्य भएका थिए । त्यसमध्ये पनि १२३ जना विद्यार्थीहरुले न्युनतम ३५ प्रतिशत प्राप्त गरी लिखित परीक्षा उत्तीर्ण गरेका थिए ।

त्यसमध्ये पनि १२३ जना विद्यार्थीहरुले न्युनतम ३५ प्रतिशत प्राप्त गरी लिखित परीक्षा उत्तीर्ण गरेका थिए ।

लिखित परीक्षामा उत्तिर्ण भएका मध्येबाट पनि ४ जना अनुपस्थित भएपछि ११९ जना विद्यार्धीहरुको लिखित, प्रस्तुतिकरण तथा अन्तर्वार्ता र शैक्षिक योग्यताको आधारमा प्राप्ताङलाई टुबुलेसन गरी योग्यता क्रम अनसार सूची निकालेको गणित विज्ञान स्कुलमा संयोजक केशबराज फुलाराले जानकारी दिए ।

उनका अनुसार यो कोर्षमा ३६ जनाको सिट रहेको छ । त्यसमा ८० प्रतिशत खुला र २० प्रतिशत समावेशीको लागि कोटा छुट्याएको छ । समाबेशी कोटामा भर्ना हुनको लागि त्रिविको नियमानुसार योग्यता पुगेको हुनुपर्नेछ ।

रीतपूर्वक आवेदन आए/नआएको जाँच गरी भदौ ८ गते बेलुकासम्ममा प्रवेश परीक्षा समन्वय समितिको बैठक बसी त्यस विषयमा टुंगो लाग्ने कार्यक्रम संयोजक फुलाराले बताए । डाटा साइन्सको स्कोप रहेको बताउदै संयोजक फुलराले स्कुलबाट निस्केको प्रोडक्टले स्वादेश तथा विदेशमा काम गर्न सहजै सक्षम हुने दाबी गरे ।

अहिले स्नातक तहमा एक्चुअरी विषयको अध्ययन भैरहेको जानकारी गराउदै उनले यहि महिना भित्रै स्नातकोत्तर तहको डाटा साईन्सको अध्यापन यहि महिना भित्रै हुने गरी प्रवेश परीक्षाको तयारी सम्पन्न गर्न लगेको जानकारी गराए । स्कुलले बजारको प्रकृति, अन्तराष्ट्रिय क्षेत्रको अध्ययन गरेर रोजगारमुलक कोर्ष सञ्चालनमा विशेष जोड दिने जनाएको छ ।

स्कुलले विगत चार वर्षदेखि विश्वमै अति माग भएको एक्चुअरी साईन्स विषयको स्नातक तहको पठन पाठन गराउदै आएको छ । एउटा व्याच पास आउट भएको सो कोर्ष पढ्ने विद्यार्थीहरु नतिजा प्रकाशित हुनुपुर्व नै विभिन्न जीवन तथा निर्जीवन बीमा कम्पनीहरुमा कार्य गर्न शुरु गरिसकेको स्कुलले जानकारी दिएको छ ।

नेपालमा बीमा कम्पनीहरुलाई हुने गरेको एक्चुअरिको अभाव केहि वर्ष भित्रै ठूलो राहात हुने स्कुलको दावी छ । साथै एक्चुअरी रिपोर्टको लागि करोडौ रुपैया विदेश बाहिरिन रोकिने  स्कुलको बिश्वास लिएको छ ।

हाल स्कुलमा अध्यनरत विधार्थीमध्ये आएफओए युकेबाट २७ जना विद्यार्थीहरुले जाँच दिई एक देखि ५ विषय सम्म उत्तिर्ण भैइसकेको स्कुलको भनाई छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।