सिटी एक्सप्रेस र कुवेतको अल मुल्ला एक्सचेञ्जबीच रेमिट्यान्स कारोबार शुरु

0
Shares

कुवेतको ख्यातिप्राप्त अल मुल्ला एक्सचेञ्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार शुरु भएको छ ।

अल मुल्ला एक्सचेञ्ज कुवेतको पहिलो मोबाइल एप्लिकेशन शुरु गर्ने रेमिट्यान्स कम्पनी हो । जसको १०२ स्थानमा शाखा सञ्चालनमा छन् ।

कुवेतमा रहने नेपालीले अल मुल्ला एक्सचेञ्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत् सजिलै नेपालमा पैसा पठाउन सक्नेछन् ।

नेपालमा सिटी एक्सप्रेससँंग आबद्ध १२ हजारभन्दा बढी एजेन्टबाट सजिलै भुक्तानी लिन सकिनेछ । साथै नेपालको जुनसुकै बैंकको खातामा पनि रकम जम्मा गर्न सकिने र मोबाईल वालेटमा लोड गर्न सकिन्छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।