गुराँस लाइफ इन्स्योरेन्सको शेयर स्वामित्व परिमार्जन, संस्थापक हिस्सा ५१% मा झर्यो

0
Shares

गुराँस लाइफ इन्स्योरेन्स (GLICL) को शेयर स्वामित्व परिमार्जन भएको छ ।

कम्पनीले ९ प्रतिशत संस्थापक शेयर हिस्सा घटाएर सर्वसाधारण शेयरको अनुपात वृद्धि गरेको हो ।

कम्पनीले संस्थापकबाट १७ लाख ७८ हजार २६ दशमलव १४ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण भएको हो । कम्पनीले नेप्से मार्फत शेयर स्वामित्व परिमार्जनको जानकारी दिएको छ ।

कम्पनीमा संस्थापक शेयर हिस्सा ६० प्रतिशत रहेकोमा ५१ प्रतिशतमा झरेको छ भने सर्वसाधारणको ४० प्रतिशत शेयर स्वामित्व रहेकोमा बढेर ४९ प्रतिशत पुगेको छ ।

यसअघि कम्पनीको छैठौं वार्षिक साधारण सभाले संस्थापकको शेयर स्वामित्व ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पारित गरेपनि नियामक निकाय बीमा समितिले संस्थापक समूहको शेयर ७० प्रतिशतबाट ६० प्रतिशतमा मात्र झार्न अनुमति दिएको थियो । कम्पनीले एकै पटक संस्थापक शेयर हिस्सा ५१ प्रतिशतमा झार्न खोजे पनि बीमा समितिले अनुमति नदिएपछि दुई पटक परिमार्जन गरेर सर्वसाधारणको हिस्सा बढाएको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।