सानिमा बैंकको शैक्षिक छात्रवृत्ति आवेदन खुला, भदौ ३१ गतेसम्म आवेदन दिन सकिने

0
Shares

सानिमा बैंकले शैक्षिक छात्रवृत्रि आवेदन खुला गरेको छ।

बैंकले सन् २०१२ देखि काठमाडौं उपत्यका बाहिरका प्रत्येक शाखाहरूबाट कक्षा ११ तथा १२ का लागि स्थायी बसोबास भएका गरिब तथा विपन्न वर्गका २–२ जना विद्यार्थीलाई विद्यार्थीकै रोजाईको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ।

सोही कार्यक्रमलाई निरन्तरता दिँदै बैंकले यस वर्षको लागि पनि छात्रवृत्ति आवेदन खुला गरेको जनाएको छ। छात्रवृत्तिमा सहभागी हुनका लागि २०७८ भदौ ३१ गतेसम्म आवेदन दिन सकिनेछ। छात्रवृत्ति सम्बन्धी विस्तृत जानकारी सानिमा बैंकको वेबसाइट मा उपलब्ध छ।

यस कार्यक्रम अन्तर्गत विद्यार्र्थीहरूलाई शैक्षिक संस्थामा लाग्ने शुल्क तथा शैक्षिक सामग्रीका साथै अतिरिक्त मासिक रु। दुई हजार नगदवृत्तिसहित दुई वर्षका लागि छात्रवृत्ति प्रदान गरिने छ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १०४ वटा कार्यालय तथा ९६ वटा एटीएम सञ्चालनमा रहेका छन्।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई बहन गर्ने क्रममा शिक्षा, स्वास्थ्य लगायत अन्य क्षेत्रहरुमा विपन्न वर्गका समुदायलाई प्रत्यक्ष फाइदा हुने गरी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।