नेपाल लाइफले किन्यो नेशनल मर्चेन्टको बहुमत स्वामित्व

0
Shares


नेपाल लाइफ इन्स्योरेन्सले नेशनल मर्चेन्ट बैंकर लिमिटेडको बहुमत शेयर खरीद गरेको छ । कम्पनीले नेशनल मर्चेन्टको ५१ प्रतिशत संस्थापक शेयर खरिद गरेको हो ।

शुक्रबार भएको शेयर खरीद सम्झौतापत्रमा नेपाल लाइफको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईं र नेशनल मर्चेन्ट बैंकरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नविन बास्कोटाले हस्ताक्षर गरेका छन् ।

नेशनल मर्चेन्ट नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त संस्था मर्चेन्ट बैंकिङ्ग सेवा प्रदान गर्न अनुमति प्राप्त संस्था हो । नेपाल लाइफले शेयर खरिदपछि मर्चेन्टको जारी एवं चुक्ता पूँजी ३० करोड पुग्नेछ ।

कार्यक्रममा दुबै कम्पनीका संचालक समितिका अध्यक्षहरु र सदस्यहरुको उपस्थित रहेको थियो । कार्यक्रममा नेपाल लाइफका नायब महाप्रबन्धक अमित कयालले नेपाल लाइफ इस्योरेन्सले आफ्नो लगानी मर्चेन्ट बैंकर कम्पनीमा गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए ।

नेशनल मर्चेन्ट बैंकरका प्रमुख कार्यकारी अधिकृत नबिन बास्कोटाले नेपाल लाइफको व्यवस्थापनलाई धन्यवाद दिँदै हाल कम्पनीले लगानी व्यवस्थापन र निक्षेप सेवा ‘डिपी’ प्रदान गर्दै आएकोमा भविष्यमा नियामक निकायबाट स्वीकृती लिई अन्य मर्चेन्ट बैंकिङ सेवाहरु पनि प्रदान गरि एउटा भरोसापूर्ण एवं बलियो मर्चेन्ट बैंकर कम्पनीको रुपमा काम गर्दै जाने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले नेपाल लाइफ जीवन बीमा क्षेत्रमा सवैको विश्वास जितेर उत्कृष्ठ ब्राण्ड रहन सफल भएको बताउँदै अब नेशनल मर्चेन्ट बैंकरलाई पनि नेपालको पूँजीबजारमा सफल कम्पनीको रुपमा स्थापित गरिने बताए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।