लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस वितरण

0
Shares

लुम्बिनी जनरल इन्स्योरेन्सको ५ प्रतिशत बोनस शेयर वितरण भएको छ । कम्पनीले शेयरधनीको हितग्राही खातामा उक्त बोनस शेयर जम्मा गरिदिएको हो ।

कम्पनीको गत जेठ २८ गते सम्पन्न भएको १६ औं वार्षिक साधारण सभाले पारित ५ प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको हो ।

कम्पनीले जेठ १३ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको हितग्राही खातामा उक्त बोनस शेयर जम्मा गरिदिएको जानकारी दिएको छ ।

उक्त मिति पश्चात अभौतिकीकरण गराएका शेयरधनीको हकमा क्रमशः सम्बन्धित शेयरधनीको हितग्राही खातामा शेयर जम्मा गरिने कम्पनीले जनाएको छ । साथै, कम्पनीले हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीलाई आफ्नो शेयर अभौतीकरण गराउन अनुरोध समेत गरेको छ ।

सभाबाट पारित भएको कर सहित ५ प्रतिशत नगद लाभांश भने कम्पनीले यसअघि नै वितरण गरिसकेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।