प्रभु क्यापिटलले तिजको अवसर पारेर सुरु गर्यो ‘प्रभु ऐश्वर्य लगानी’ व्यवस्थापन योजना

0
Shares

प्रभु क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तरगत नयाँ प्रोडक्ट प्रभु ऐश्वर्य योजना आजबाट सञ्चालनमा ल्याएको छ।

महिलाहरुको महान चाड तिजको विशेष अवसर पारेर महिलाहरुलाई केन्द्रित गरी उनीहरुको आर्थिक सशक्तिकरण र वित्तिय स्वतन्त्रतामा सहयोग पु¥याउन यो योजना सहयोगी हुने अपेक्षाका साथ प्रभु ऐश्वर्य योजना सञ्चालनमा ल्याएको जनाएको छ।

यो योजनामा सहभागी हुन चाहने महिला ग्राहकहरुले न्यूनतम ३ लाखबाट लगानी व्यवस्थापन सेवा शुरु गर्न सक्नेछन् । यसमा क्यापिटलले वार्षिक रुपमा लिने लगानी व्यवस्थापन सेवाको शुल्कमा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको जनाएको छ ।

‘महिलाहरुलाई आर्थिक रुपले सबल बनाउनु भनेको समाजलाई नै सशक्त बनाउनु हो’ भन्ने अवधारणाले यो योजना ल्याईएको कम्पनीको भनाई छ । यस योजनामा सलंग्न भएका ग्राहकहरुले यस क्यापिटलका अन्य पिएमएसका योजनामा जस्तै दैनिक रुपमा अनलाइनबाटै आफ्नो पोर्टफोलियो हेर्न सक्ने साथै साप्ताहिक पोर्टफोलियोको विवरण ईमेल मार्फत पाउने व्यवस्था छ ।

त्यसै गरी ग्राहकहरुले उत्कृष्ट मार्केट रिसर्च रिपोर्ट र समर्पित रिलेसन्सिप म्यानेजर जस्ता सुविधा पनि पाउने व्यवस्था गरिएको जनाएको। छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।