बीमा व्यवसायको अध्ययन अनुसन्धान गर्ने संस्थालाई प्रस्ताव पेश गर्ने समय थप

0
Shares

बीमा समितिले बीमा व्यवसायको अध्ययन अनुसन्धान गर्ने संस्थालाई प्रस्ताव पेश गर्ने समय थप गरेको छ । समितिले पहिलो पटक तोकिएको मितिसम्ममा पर्याप्त प्रस्तावहरु नआएकाले पुनः समय थप गरेको हो ।

बीमा समितिले नेपालमा बीमा व्यवसायको समग्र अवस्थाको अध्ययन गर्ने भन्दै साउन २७ गते अध्ययन अनुसन्धान गर्ने संस्थालाई प्रस्ताव पेश गर्न आह्वान गरेको थियो । समितिले २७ गते सूचना जारी गर्दै २१ दिनभित्र अर्थात साउन १६ गतेसम्म प्रस्ताव पेश गर्न भनेको थियो ।

समितिले पुनः १५ दिन समय थप गरेको जनाएको छ । समितिका अनुसार अध्ययन अनुसन्धान गर्ने संस्थाले भदौ १ गतेसम्म प्रस्ताव पेश गर्न सक्नेछन् ।

समितिले हालको बीमा व्यवसायको अध्ययन गरी बीमा व्यवसायको व्यापकताका लागि चाल्नु पर्ने कदमका सम्बन्धमा विस्तृत अध्ययन प्रतिवेदन समेत तयार पार्ने योजना बनाएको हो ।

उक्त अध्ययन प्रतिवेदन तयार पार्नका लागि बीमा क्षेत्रको अध्ययन र अनुसन्धानमा क्रियाशिल संस्था र प्रतिष्ठानहरुलाई प्राविधिक र आर्थिक प्रस्ताव पेश गर्न समितिले आह्वान गरेको हो ।

सो क्षेत्रमा क्रियाशिल संस्थाहरुले छुट्टाछुट्टै प्राविधिक र आर्थिक प्रस्ताव सहित छुट्टाछुट्टै प्राविधिक र आर्थिक प्रस्ताव सहित प्रस्ताव पेश गर्नु पर्ने समितिले बताएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।