एनएमबिका ग्राहकले दराजबाट किस्ताबन्दीमा सामान किन्न पाउने

0
Shares

एनएमबि बैंक (NMB) ले आफ्ना ग्राहक तथा कर्मचारीहरुले नेपालको अग्रणी अनलाईन दराजबाट किस्ताबन्दीमा समान खरीद गर्न पाउने गरी सम्झौता गरेको छ ।

एनएमबि बैंकका क्रेडिक कार्ड प्रयोग कर्ताले दराजबाट आफुलाई आवश्यक सामानहरु किस्ता बन्दीमा खरिद गर्न सक्नेछन् ।

यसको लागी ग्राहकले दराजबाट भुक्तानी गरी समान खरिद गर्नेछन र उक्त खरिद रकमलाई एनएमबि बैंकले इएमआईमा रुपान्तरण गर्नेछ ।

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ ।
छुट सम्बन्धि थप जानकारीको लागी [email protected]/[email protected] मा ईमेल गर्न सकिनेछ ।

एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।