नेपाल सुनचाँदी ब्यवासायी महासंघले बीमा सेवा एनएलजी इन्स्योरेन्सबाट लिने


नेपाल सुनचाँदी ब्यवासायी महासंघ र एनएलजी इन्स्योरेन्सबीच बीमा सेवा सम्बन्धी सम्झौता भएको छ । आइतबार भएको सो सम्झौताले दुई संस्थावीच सरल र सहजरुपमा इन्स्योरेन्सको सेवा लिने÷दिने सहमती भएको हो ।

सो सम्झौतापत्रमा नेपाल सुनचाँदी ब्यवासायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य र एनएलजी इन्स्योरेन्सका प्रमूख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले हस्ताक्षर गरेका छन् । महासंघका अध्यक्ष माणिकरत्न शाक्यका अनुसार यो समझदारी सँगै अव मुलुकभरका सुनचाँदी ब्यवसायीले एनएलजी इन्स्योरेन्स कम्पनिसँग सहज र सरलरुपमा इन्स्योरेन्स गरी ब्यवसायीक लाभ लिन सक्नेछन् । देशभरका सवै जिल्ला तथा नगर एवं एशोसिएटस सदस्यहरुले कम्पनिको कुनै पनि शाखावाट यो सुविधा लिन सक्ने उनले बताए ।

कर्यक्रममा एनएलजी इन्स्योरेन्सका प्रमूख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले दुई संस्थावीच भएको समझदारीले सुनचाँदी ब्यवसायी महासंघमाआवद्ध ब्यवसायीहरु लाभान्वित हुने धारणा रोखका थिए । सुनचाँदी ब्यवसाय आफैंमा अत्यन्तै संवेदनशील ब्यवसाय हो । यसर्थ यस ब्यवसायमा आवद्ध ब्यवसायीहरुका लागि यो सम्झौताले महत्वपूर्ण लाभ पुग्ने बिश्वास लिइएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।