कामना सेवा विकास बैंकको कर्मचारीको दक्षता अभिवृद्धिमा नेशनल बैंकिङ्ग इन्ष्टिच्युटले सघाउने

0
Shares

नेशनल बैंकिङ्ग इन्ष्टिच्युट र कामना सेवा विकास बैंक बीच तालिम कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

भदौ २० गते भएको सम्झौताअनुसार एन.बी.आईले कामना सेवा विकास बैंक लि. का कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।

उक्त सम्झौतापत्रमा कामना सेवा विकास बैंक लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालबीच हस्ताक्षर भएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।