मुलुकको कुल गार्हस्थ्य उत्पादनमा ३७.७ प्रतिशत हिस्सा रहेको बाग्मती प्रदेशमा बैंक तथा वित्तीय संस्थाले औधोगिक क्षेत्रमा सबैभन्दा धेरै कर्जा प्रबाह गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको पुसम्ममा बैंक तथा वित्तीय संस्थाले प्रबाह गरेको कुल कर्जामा औधोगिक कर्जाको हिस्सा ३७.८ प्रतिशत रहेको हो ।
नेपाल राष्ट्र बैंकको अध्ययन अनुसार बैंक तथा वित्तीय संस्थाले यस प्रदेशमा परिचालन गरेको निक्षेप असार मसान्तको तुलनामा पुसमसान्तमा १८.७ प्रतिशतले र कर्जा प्रवाह २०.१ प्रतिशतले बढेको छ । यो अवधिमा बाग्मती प्रदेशका बैंक तथा वित्तीय संस्थाको कर्जा–निक्षेप अनुपात औसतमा ७१.५ प्रतिशत रहेको छ ।
गत आर्थिक वर्षको पहिलो ६ महिनामा बाग्मती प्रदेशका बैंक तथा वित्तीय संस्थाको प्रबाह गरेको कुल कर्जामा कृषि क्षेत्रको कर्जा ४.१ प्रतिशत रहेको छ । त्यसैगरी सो अवधिमा सेवा क्षेत्र भने कोरोनाका कारण अस्तव्यस्त रहेको अध्ययनले देखाउँछ । बैकिङ्ग क्षेत्रको कुल निक्षेप र कुल कर्जामा यस प्रदेशको हिस्सा क्रमशः ६९ प्रतिशत र ५५ प्रतिशत रहेको छ । यस प्रदेशभित्र आन्तरिक र वैदेशिक लगानी आकर्षित भई उद्योग तथा व्यापार व्यवसाय विस्तार गर्न सकिने अधिक सम्भावना छ ।
यस प्रदेशमा कृषि, पर्यटन र उर्जाको तुलनात्मक रुपमा बढी सम्भावना रहेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार कुल जनसंख्याको २०.९ प्रतिशत जनसंख्या यस प्रदेशमा बसोबास गर्दछन । आर्थिक गणना २०७५ अनुसार कुल दर्ता प्रतिष्ठान संख्याको ३० प्रतिशत प्रतिष्ठानहरु बागमती प्रदेशमा दर्ता रहेका छन् ।
यस प्रदेशमा रोजगारीका अवसर र जनसांख्यिक लाभको उच्च सम्भावना रहेको छ । देशको राजधानी काठमाण्डौ लगायत प्रमुख शहरहरु यस प्रदेशमा अवस्थित रहेकोले रेल, मोनो रेल, ट्राम, ट्रली, केवलकार जस्ता आधुनिक पूर्वाधारहरुको व्यवसायिक सम्भावना अधिक रहेको छ । यस प्रदेशमा शहरीकरणको क्रम तीव्र रहेको र मुलुकको राजधानी समेत यसै प्रदेशभित्र अवस्थित भएको हुनाले खाद्य तथा दूध प्रशोधन उद्योगहरुको सम्भावना उच्च रहेको छ ।
बढ्दो शहरीकरणका कारण मासिदै गइरहेको कृषि भू–क्षेत्रलाई संरक्षण गरी व्यवसायिक कृषि उत्पादनलाई प्रवद्र्धन बाग्मती प्रदेशको सबैभन्दा ठुलो च,ुनौती रहेको छ । वातावरणीय प्रदुषण व्यवस्थापन, ट्राफिक व्यवस्थापन र व्यवस्थित शहरीकरणको विकास गर्न समेत बाग्मती प्रदेशलाइ चुनौतिपुण रहेको देखिन्छ ।
बाग्मती प्रदेशमा खाद्य तथा अन्य बालीले ढाकेको भू–क्षेत्र ०.२ प्रतिशतले बढेको छ । प्रमुख खाद्यान्न बालीमध्ये समीक्षा अवधिमा मकै उत्पादन ०.१ प्रतिशतले बढेको छ भन कोदो उत्पादन ०.१ प्रतिशत र धान उत्पादन २.५ प्रतिशतले घटेको अध्ययनले देखाएको छ ।
गत आवको पहिलो अर्धबार्षिकमा तरकारी उत्पादन २.१ प्रतिशतले बढेको छ । पशुजन्य उत्पादन अन्तर्गत दूध उत्पादन ४ प्रतिशत र मासुउत्पादन १५.३ प्रतिशतलेबढेको छ भने अण्डाको उत्पादन ५.१ प्रतिशतले घटेको छ ।
सो अवधिमा यस प्रदेशका अध्ययन नमुनामा समेटिएका उद्योगको क्षमता उपयोग औसतमा ४८.९ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा यस्ता उद्योगको क्षमता उपयोग औसतमा ४०.२ प्रतिशत रहेको थियो । औद्योगिक उत्पादनमध्ये पशुदाना उत्पादन १६.० प्रतिशत, रंग उत्पादन ३५.७ प्रतिशत र ईट्टा उत्पादन ४१.४ प्रतिशतले बढेको छ भने चुरोट उत्पादन ८.४ प्रतिशतले घटेको छ ।
गत आवको पहिलो अर्धबार्षिक अवधिमा यस प्रदेशमा पर्यटक आगमन संख्या ९७.४ प्रतिशतले घटेर १६ हजार ३ सय २७ कायम हुन आएको छ । पर्यटकस्तरीय होटल तथा लज संख्या २.९ प्रतिशतले बढको छ भने शैया संख्या ३.४ प्रतिशतले बढेको छ । घरजग्गा रजिष्ट्रेशन संख्या १४.१ प्रतिशतले बढेको छ भने रजिष्ट्रेशनबाट प्राप्त हुनेराजस्व ०.५ प्रतिशतले घटेकोछ । त्यसैगरी सो अवधिमा अवधिमा यस प्रदेशमा यातायात साधन संख्या ४.९ प्रतिशतले वृद्धि भएको अध्ययनले देखाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया