ज्योति विकास बैंक र सुनसरी रत्न तथा आभूषण संघ बीच अन्तरक्रिया

0
Shares

ज्योति विकास बैंक र सुनसरी रत्न तथा आभूषण संघ बीच भदौ २१ गते सोमबार सुनसरीमा ‘स्वच्छ व्यवसायः सम्मानित व्यवसायी’ नामक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

सुनसरी रत्न तथा आभूषण महासंघद्वारा शुभारम्भ गरेको ‘स्वच्छ व्यवसायः सम्मानित व्यवसायी’ नामक अन्तरक्रिया कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट बैंकका इटहरी क्षेत्रका क्षेत्रीय प्रमुख प्रेमेश्वर शाक्य, बैंकका धरान शाखाका शाखा प्रबन्धक प्रकाश झा , ईटहरी शाखाका शाखा प्रबन्धक चंद्रदिप पहाडी , विराटनगर शाखाका शाखा प्रबन्धक देवी प्रसाद चम्लागाको उपस्थिति रहेको थियो।

यसैगरी सुनसरी रत्न तथा आभूषण संघका तर्फबाट संघका अध्यक्ष टेक बहादुर यङ्गदेन, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ १ नम्बर प्रदेश संयोजक तथा संघका संस्थापक अध्यक्ष विशन शाक्य तथा धरान, ईटहरी, इनरुवा र विराटनगरका व्यवसायी तथा उद्यमशील शिल्प व्यवसायी कालिगढहरुको उपस्थिति रहेको थियो।

सो अन्तरक्रिया कार्यक्रममा व्यवसायी र बैंक बीच बैंकिङ्ग सहकार्यको उदेश्यको बारेमा छलफल भएको थियो। कार्यक्रममा उद्यमशीलता प्रवर्धनका हेतुले ल्याइएका विभिन्न बैंकिंग सेवाहरु तथा डिजिटल बैंकिंग सम्बन्धि विभिन्न सेवाहरुको बारेमा छलफल तथा अन्तरक्रिया भएको थियो।

ज्योति विकास बैंक र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कालिगढ एवं कर्मचारीहरुलाई बिना धितो सहुलियतपूर्ण कर्जा र विशेष छुटमा प्रोफेसनल लोन उपलब्ध गराउने, डिजिटल बैंकिंग सेवाहरु प्रदान गर्नुका साथै बैंकले आधुनिक बैंकिङ्ग,वित्तीय साक्षरता,उद्यमशीलता विकासका निमित्त बैंकले महासंघ संगको सहकार्यमा विभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याउन गत असार २० गते दुई पक्षबीच सम्झौता पनि भएको थियो।

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।