पुनर्बीमा कम्पनीको लगानीकर्ताले १९ प्रतिशत मात्र लाभांश पाउने

0
Shares


नेपाल पुनर्बीमा कम्पनी (NRIC) को लगानीकर्ताले १९ प्रतिशत मात्र लाभांश पाउने भएका छन् । यसअघि २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरिएकोमा १ प्रतिशत लाभांश घटाएर परिमार्जन भएको हो ।

बीमा समितिले परिमार्जित वित्तीय विवरण पेश गर्न निर्देशन दिएपछि कम्पनी सञ्चालक समितिको बैठकले १६.५० प्रतिशत बोनस शेयर र कर सहित २.५० प्रतिशत मात्र नगद वितरण गर्ने प्रस्तथाव गरेको छ ।

यसअघि कम्पनीले चुक्ता पूँजीको १६.५० प्रतिशत बोनस र कर रकम सहित ३.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । समितिको निर्देशनपछि पहिले प्रस्तावित लाभांशमा १ प्रतिशत नगद लाभांश घटाइएको हो ।

पुरानो प्रस्तावित बोनस शेयरमा भने परिवर्तन गरिएको छैन ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २३ भदौ २०७८, बुधबार  ११ : २३ बजे