सिटिजन्स बैंकका ग्राहकहरुले ग्रोडेलीमा विशेष छुट प्राप्त गर्ने

0
Shares

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ग्रोडेली बीच सिटिजन्स बैंकका मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

नेपालमा उत्पादित किराना सामाग्रीहरुको प्रबद्र्धनका लागि स्थापित ग्रोडेलीसँगको यस सहकार्य पश्चात् सिटिजन्स बैंकका मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरूले ग्रोडेली मार्फत अनलाइन अर्डर गरी क्यूआर मार्फत भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्नेछन् ।

हालसम्म सिटिजन्स बैंकले आफ्नो मोबाइल बैकिङ्गमा दर्ता नभएका ग्राहकहरुको लागी समेत घरमै बसी निः शुल्क मोबाइल बैकिङ्गमा दर्ता गर्न सक्ने व्यवस्था मिलाएको छ ।

मोबाइल बैकिङ्ग मार्फत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, डेबिट कार्ड को लागी आवेदन र मुद्दती खाताको आवेदन दिन सक्ने लगायतका व्यवस्था गरेको जानकारी बैंकले गराएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८३ वटा शाखा, ११७ वटा ए.टि.एम. र १११ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १२ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।