‘टीभीएस अपाचे आरटीआर २०० फोरभी’ सार्वजनिक, यस्ता छन् फिचर

0
Shares

नेपालमा फस्र्ट इन क्लास राइडिङ मोड सहितको टीभीएस अपाचे आरटीआर २०० फोरभी सार्वजनिक भएको छ ।

टीभीएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले बिहीबार एक कार्यक्रमका बीच ‘टीभीएस अपाचे आरटीआर २०० फोरभी’ आरटी एफआई, बीएस भीआई र एबीएस सहितको नयाँ मोडल नेपालमा सार्वजनिक गरेको हो ।

कार्यक्रममा टीभीएस मोटर कम्पनीका अन्तर्राष्ट्रिय व्यापार अध्यक्ष आर दिलीपले नयाँ आरटीआर २०० फोरभी मोटरसाइकल नेपालमा ल्याउन पाउँदा उत्साहित भएको बताए । टीभीएस अपाचे फस्र्ट इन सेग्मेन्ट फिचर्स र प्रविधियुक्त रहेको उनले जानकारी दिए ।

शंकर ग्रुप तथा जगदम्बा मोटर्सका अध्यक्ष शाहिल अग्रवालले नयाँ एडिसनको अपाचे सिरिजको रेस एडिसनलाई ग्राहकहरुले रुचाउने बताए ।

यस्ता छन् फिचर

सार्वजनिक भएको नयाँ आरटीआर २०० फोरभीमा ठाउँ, सडक र मौसम अनुसार राइडिङ मोड परिवर्तन गर्न मिल्ने अत्याधुनिक फिचर्स ‘फस्र्ट इन क्लास राइड मोड’ रहेको छ ।

यसको सिस्टममा स्पोर्ट, अर्बान र रेन मोड गरेर तिन ओटा मोडहरु रहेका छन् जसलाई चालकले बाटो अनुसार आफ्नो सहजता र परिस्थितिको आधारमा मोटरसाइकल कुदाउँदा परिवर्तन गर्न सक्छन् ।

यस्तै यो सेग्मेन्टका मोटरसाइकल फस्र्ट इन सेगमेन्ट एड्जस्टेबल सस्पेन्सन सहित आएको छ । उच्चतम प्रस्तुति दिन सक्षम शोवा फ्रन्ट सस्पेन्सनको प्रि–लोडेड एडजस्टमेन्टले चालकलाई प्लस राइड र ट्रयाकराइड कुनमा कुदाउने भनेर रोज्ने अवसर दिनेछ ।

एड्जस्टेबल सस्पेन्सन, स्मार्ट केनक्ट फिचर्स र आरटी स्लिपर क्लच जस्ता अत्याधुनिक र सुविधा सम्पन्न फिचर्स आरटीआर अपाचे फोरभीमा दिइएको छ । मोटरसाइकलमा ३–स्टेप एडजस्टमेन्ट सहित एडजस्टेबल ब्रेक तथा क्लच लिभर सहित उपलब्ध छ । जसलाई बिचको औंलाले कन्ट्रोल गर्न एकदमै सजिलो रहेको कम्पनीले जनाएको छ । त्यस्तै सिङ्गल चेनल एबीएस, ब्रेकिङ्ग प्रणालीमा सुधार गरिएको छ ।

नेपाली बजारमा ३ लाख ८४ हजार मूल्य तोकिएको २ सय सीसी क्षमताको बाइकले स्पोर्ट मोडमा २०.२२ पीएस र अर्बान अर्थात रेन मोडमा कुदाउँदा १७.३२ पीएस पावर दिन्छ । त्यसैगरी यसको अधिकतम टर्क समेत राइडिङ मोड अनुसार फरक छ ।

स्पोर्ट मोडमा कुदाउँदा १७.२५ एनएम टर्क जेनेरेट गर्ने यो बाइकलाई अर्बान र रेड मोडमा कुदाउँदा भने १६.५१ एनएम टर्क जेनेरेट गर्छ । यो बाइकलाई स्पोर्ट मोडमा अधिकतम १२७ किलोमिटर प्रतिघन्टा र अर्बान अर्थात रेन मोडमा १०५ किलोमिटर प्रतिघन्टाको उच्चतम गतिमा हाँक्न सकिन्छ ।

हाल मोटरसाइकल ग्लस ब्लाक, पर्ल ह्वाइट र नयाँ म्याट ब्लु गरेर ३ ओटा फरक रंगमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।