१० महिनामा बजेट खर्च गर्ने गरि संयन्त्र बनाउँछौं – अर्थमन्त्री जनार्दन शर्मा


अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको १० महिनामा बजेट खर्च गर्ने गरि संयन्त्र बनाएर अघि बढ्ने बताएका छन् । अर्थमन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरि मन्त्री शर्माले प्रत्येक महिना १० प्रतिशतका दरले बजेट खर्च गर्ने गरी संयन्त्र बनाउने बताएका हुन् ।

प्रत्येक महिना १० प्रतिशतका दरले बजेट खर्च गर्नका लागि संयन्त्र बनाउने र आवश्यक जनशक्ति थप गर्ने बताएका हुन् । आयोजनाहरुको निर्माणको सुक्ष निगरानी तथा अनुगमन गर्दै प्रभावकारी काम गरेर बजेट खर्चिने मन्त्री शर्माको भनाई थियो । यस दौरान निर्माण व्यवसायीले काम गरे नगरेकोदेखि प्रशासनिक कामहरुका सम्बन्धमा शुक्ष्म रुपमा अनुगमन गरिने मन्त्री शर्माले बताए ।

बजेटको आकार घटाए पनि बजेट खर्चसँगै पुँजीगत खर्च बढाउने लक्ष्य सरकारले लिएको मन्त्री शर्माले जानकारी दिए । यस क्रममा राजश्वको लक्ष्य पनि वृद्धि गरिएको बताएका मन्त्री शर्माले राजश्वमा बढी योगदानहरुलाई छुट दिने नीति अख्तियार गरिएको बताए ।

नाम मात्रका योजनाहरुलाई “फिल्टर प्रोजेक्ट” का रुपमा विधेयक मार्फत हटाइएको बताउँदै मन्त्री शर्माले प्रतिफल प्राप्त नहुने आयोजना तथा कार्यक्रमहरुलाई हटाइएको बताएका थिए । स्रोतको सुनुश्चितता नभएका आयोजनालाई हटाइएको बताएका मन्त्री शर्माले प्रतिफल दिने आयोजनाहरुलाई मात्र प्राथमिकतामा राखिएको बताएका थिए ।

सार्वजनिक संथानलाई तीन किसिमले वर्गीकरण गर्ने योजना अनुरुप नाफा रहेका, सञ्चालन मात्र हुन सकेका र नोक्सानमा रहेकाको विबरण तयार गरी संस्थानलाई उकास्नका लागि स्वामित्व परिवर्तनसम्मको काम गर्ने मन्त्री शर्माले बताए ।

पत्रकार सम्मेलनमा अर्थसचिव मधुकुमार मरासिनीले राजश्वको लक्ष्य हासिल हुने बताएका थिए । ठुला कामहरुमा केन्द्रिले काम गर्न थाले पछि त्यसको सिधा असर देखिने उनको भनाई थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।