ग्रेटवाल मोटर्सले ६० मुलुकमा बिक्री भइसकेको हाभल जोलियन नेपाल ल्याउने

0
Shares

ग्रेटवाल मोटर्स नेपालले आकर्षक फिचरहरुसहितको टप भेरिएन्टमा हाभल जोलियन नेपाल ल्याउने भएको छ। टप भेरिएन्टले ग्राहकको यात्रा अझै विलासी गराउने कम्पनीले जनाएको छ।

६० वटा मुलुकहरुमा ६५ लाखभन्दा धेरै बिक्री भइसकेको हाभल विगत ११ वर्षदेखि चीनमा एसयूभी बिक्री गर्ने नम्बर १ ब्राण्ड हो।

कलात्मक र आधुनिक इन्जिजियरिङबाट निर्मित जोलियनले गाडीहरुमा नयाँ सोचलाई मूर्तरुप दिने कम्पनीको दाबी छ।

१८ इन्चको आल्मुनियम अलोय ह्विल्स, ७३ प्रतिशत स्ट्रेन्थ स्टिल बडीदेखि ६–वे इलेक्ट्रिक एडजस्टेबल ड्राइभर सिटसम्म राखेर परिष्कृत निर्माणमा कुनै कमी महशुस हुन नदिने कम्पनीको दाबी छ। यसको पानारामिक सनरुफ र डुअल जोन अटो एसीले आरामदायी यात्रामा भव्यता थप्न मद्दत गर्ने कम्पनीले जनाएको छ।

१.५ लि. को पेट्रोल टर्बो इन्जिन, ६ ओम्नी डिरेक्सनल एयरब्यागको सुरक्षा, ३६० डिग्री भ्यु, ब्लाइन्ड स्पोट मोनिटरिङ र हिलहोल्ड कन्ट्रोल एन्ड हिल डिसेन्ट कन्ट्रोल भएको यस जोलियनको निर्माण पूर्णतया सुरक्षालाई ध्यानमा राखेर गरिएको कम्पनीको भनाइ छ।

यसको आकर्षक हेड अप डिस्प्लेले गाडीको गति आदिको सूचना दिएर यात्रालाई सुरक्षित बनाउने कम्पनीको दाबी छ।

अभिनव सोच भएकाहरुद्वारा डिजाइन गरिएको यस एसयूभीलाई उच्च प्रदर्शन गर्ने प्रविधिले जीवन्त बनाउँछ। कारमा कारप्ले र एन्ड्रोइड अटोसहितको १२।३ इन्च स्मार्ट टचस्क्रिनजस्तो यात्रालाई आरामदायी बनाउने फिचर रहेका छन्।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।