नेपालमा भाइबर लेन्स फिचरको शुरूआत

0
Shares

निःशुल्क र सहज सूचना-सञ्चार आदान प्रदानको लागि विश्वकै अग्रणी एपहरु मध्येको एक भाइबरले भाइबर लेन्स फिचरको शुरूआत गरेको छ ।

सञ्चार आदान प्रदानको सबैभन्दा लोकप्रिय मेसेजिङ्ग एप मध्येको एक भाइबरले सेप्टेम्बर ९ अर्थात भदौ २४ गते एक भव्य भर्चुअल समारोहसँगै नेपालमा रहेका आफ्ना सबै प्रयोगकर्ताहरुका निम्ति बहुप्रतिक्षित भाइबर लेन्स फिचर आफ्नो मेसेजिंग प्लेटफर्ममा सुरुवात गरेको हो ।

यो फिचर नेपाल, भियतनाम र फिलिपिन्स सहित एशिया प्यासेफिक क्षेत्रमा पहिलो पटक सुरुवात गरिएको हो । भाइबर लेन्स फिचर अमेरिकाको क्यामेरा तथा सोसियल मिडिया कम्पनी स्न्याप आइएनसीको सहकार्य तथा स्न्यापको क्यामेरा किट, क्रियटिभ किट र बिटमोजीलाई भाइबर एपमा एकीकरण गरी तयार गरिएको छ ।

यस फिचरबाट प्रयोगकर्ताले इन्सटेन्ट अग्मेन्टेड रियालिटी (एआर) द्वारा पावर गरिएको फोटो र भिडियो मेसेज मार्फत रमाइलो र अन्तक्र्रियात्मक संवाद गर्न सक्नेछन् । लन्चिङ्ग समारोहमा भाइबरका २० विभिन्न लेन्सहरु उपलब्ध गराइएका छन् जसमा गायक तथा गीतकार स्वप्न सुमन र कोकाकोलाका लेन्सहरु छन् ।

कम्पनीले फिचरमा कम्तिमा पनि २० ओटा लेन्सहरु हरेक महिना थप गर्दै लैजाने योजना रहेको घोषणा गरेको छ । यस्तै व्यापारिक संस्थानहरुले भाइबरमा आफ्ना मौलिक लेन्सहरु समेत सिर्जना गर्ने अवसर प्राप्त गर्नेछन् ।

भाइबरका लागि नेपाल एक महत्वपूर्ण बजार रहेको बताउँदै एशिया प्यासेफिक क्षेत्रका लागि भाइबरका वरिष्ठ निर्देशक डेविड त्सेले भने, “हामीले नेपालमा धेरै सहकार्यहरु गरेका छौं र अरु धेरै नविन फिचरहरु ल्याएर भाइबरलाई अझ धेरै रमाइलो र नेपाली प्रयोगकर्ताहरुका लागि उपयोगी बनाउन हामी उत्सुक छौं । यो फिचर हाम्रा नेपाली प्रयोगकर्ताहरुका हरेक दिनको च्याट र सम्पर्कलाई विशेष बनाउनका लागि थप गरिएको हो ।”

भाइबर लेन्स कसरी प्रयोग गर्ने ?

नयाँ भाइबर लेन्स सुविधाको उपयोग गर्नको लागि तलका चरणहरु पालना गर्नुहोस्
१. यो सुनिश्चित गर्नुहोस् कि तपाईको मोबाइलमा भाइबर एप डाउनलोड गरिएको छ र यद्यावधिक छ
२. अब भाइबर एप खोल्नुहोस्
३. आफुलाई कुरा गर्न चाहेको व्यक्तिको च्याट खोल्नुहोस्
४. क्यामेरा आइकनमा ट्याप गर्नुहास्
५. अब, भाइबर लेन्स डाउनलोड गर्न सुरु हुनेछ
६. डाउनलोड पूरा भएपछि, तपाई विभिन्न लेन्समा ट्याप गर्न सक्नुहुन्छ र तपाईको इच्छा अनुसार प्रयोग गर्न सक्नुहुन्छ ।

नेपालमा भाइबर लेन्स आईओएस भाइबर संस्करण १५.५.५ वा सोभन्दा माथि र एन्ड्रोइड भाइबर संस्करण १८.८.०.१५ वा सो भन्दा माथिको भर्सन तथा लोकल लेन्सहरु भाइबर संस्करण १६.० बाट सुरु भएर माथी सबैमा उपलब्ध छन् ।

नेपालमा १० लाख भन्दा धेरै भाइबर प्रयोगकर्ताहरु छन् । अघिल्लो वर्ष मात्र नेपालमा भाइबर प्रयोगकर्ता २६ प्रतिशतभन्दा बढि वृद्धि देखेको थियो । त्यसैले, भाइबरले भाइबर लेन्स सुविधाको लागी एक प्रारम्भिक बजारको रूपमा नेपाललाई रोजेको हो । भाइबर नेपालमा सबैभन्दा मनपर्ने र सन्देश आदान प्रदान गर्ने एपमध्ये एक हो ।

राकुटेन भाइबर बारे

राकुटेन भाइबरले मानिसहरु बिचको भौगोलिक तथा भावनात्मक दूरी हटाउन मद्दत गर्छ । हाम्रो विश्वव्यापी प्रयोगकर्ताले यी विशेषताहरु जस्तैः वान अन वान च्याट गर्ने, भिडियो कल गर्ने, ग्रुप म्यासेज गर्ने, तथा आफ्नो प्रिय ब्राण्डहरु र सेलिब्रेटीहरुका साथमा छलफल र तिनको जानकारी राख्ने लगायतमा आफ्नो पहुँच राख्दछन् ।

हामी हाम्रा प्रयोगकर्ताहरुलाई यो सुनिश्चित् गर्दछौं कि उनीहरुले आफ्नो भावना सुरक्षित एवं स्वतन्त्र वातावरणबीच साटासाट गर्न सक्दछन् ।

राकुटेन भाइबर राकुटेन इन्कर्पोरेटको एक हिस्सा हो, जुन विश्वव्यापी रुपमा इ–कमर्स तथा वित्तीय सेवाहरुमा अग्रणी रहेको छ । भाइबर एफसि बार्सिलोनाको आधिकारिक सञ्चार माध्यम हो भनें गोल्डेन स्टेट वारियर्सको आधिकारिक तत्काल मैसेजिङ्ग र कलिङ्ग एप पनि हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।