भुक्तानी सम्बन्धी संस्थाका संस्थापकबीच शेयर कारोबार​ गर्न पाइने


भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थाका संस्थापकहरुले एक आपसमा शेयर खरिद बिक्री गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले कम्पनी स्थापना भएको ५ वर्षसम्म शेयर कारोबार गर्न नपाइने भएपछि संस्थापकहरु विच नै भने हुन सक्ने व्यवस्था गरेको हो ।

मंगलबार नेपाल राष्ट्र बैंकले भुक्तानी सम्बन्धी एकिकृत निर्देशन मार्फत जारी गरेको भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थाका लागि संस्थागत शुसासन अनुसार संस्थापकै विच भने शेयर कारोबार हुन सक्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले संस्थापक शेयरको खरिद/बिक्री वा नामसारी गर्नु पूर्व यस बैंकको स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ ।

तर, अनुमतिपत्रप्राप्त गर्दाका कायम रहेका संस्थापक शेयरधनीहरुबीच एक आपसमा खरिद बिक्री गर्न सक्ने व्यवस्था केन्द्रीय बै.कले गरेको हो । संस्थापक शेयर लिएका व्यक्तिहरुको मृत्यु भएमा वा प्रचलित कानुन बमोजिम पारिवारिक अंशबन्डा भएमा प्रचलित कानुनको रित पु¥याई निजहरुको हकदार वा निजहरुले इच्छाएको व्यक्तिको नाममा नामसारी गर्न गर्नु पर्नेछ । यसरी नामसारी गरीएको शेयरको विवरण १५ दिनभित्र यस बैंकलाई जानकारी दिनु पर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

निर्देशन अनुसार सञ्चालकले कार्यभार सम्हाल्नुभन्दा पहिले आफ्नो संस्थासँग वित्तीय स्वार्थ भए नभएको विषयमा सञ्चालक समितिलाई लिखित रुपमा जानकारी गराउनु पर्ने व्यवस्था गरेको छ । त्यसैगरी संस्थाको दैनिक कामकारवाहीमा सञ्चालकले हस्तक्षेप गर्न र संलग्न हुन नपाउने व्यवस्था निर्देशनमा उल्लेख छ । सञ्चालक प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आफ्नो संस्थाको हित विपरीत हुने कुनै पनि किसिमको गतिविधिमा संलग्न हुन नपाउने तथा सञ्चालकले आफ्नो अधिकार क्षेत्र नाघी गरेको कुनै पनि कामकारबाही प्रति व्यक्तिगत रुपमा आफँै उत्तरदायी हुनुपर्ने व्यवस्था निर्देशनमा छ ।

भुक्तानी सम्बन्धी कार्य गर्न अनुमतिपत्रप्राप्त संस्थामा सञ्चालक रहेको व्यक्ति एकै पटक अर्को अनुमतिपत्रप्राप्त संस्थाको कुनै पनि पदाधिकारी रहन समेत नपाउने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । सञ्चालकले संस्था सम्बद्ध कारोबारको सूचनाहरुको गोपनियता कायम गर्नुपर्ने तथा संस्थाबाट कुनै पनि प्रकारको पेश्की तथा ऋण सुविधा लिन नपाउने व्यवस्था समेत निर्देशनले गरेको छ ।
सञ्चालक समितिले समय समयमा जोखिम व्यवस्थापनको लागि कार्यान्वयनमा ल्याएको आन्तरिक नियन्त्रण प्रणाली र जोखिम व्यवस्थापन मापदण्डको समिक्षा गर्नुपर्नेछ । साथै सञ्चालक समितिमा हेरफेर हुँदा ७ दिनभित्र राष्ट्र बैंकलाई जानकारी गराउनु पर्ने व्यवस्था निर्देशनमा रहेको छ ।

त्यसैगरी भुक्तानी सम्बन्धी काम गर्ने संस्थाको कार्यकारी प्रमुख पद रिक्त भएको तीन महिना भित्र पदपूर्ति गरिसक्नु पर्नेछ । संस्थामा कार्यकारी प्रमुख लगातार ७ दिन वा सो भन्दा बढी अवधिको लागि विदा बस्ने भएमा वा मुलुक बाहिर जाने भएमा यस बैकलाई जानकारी दिनु पर्नेछ । त्यसैगरी संस्थाका अन्य कर्मचारीहरुले पनि कर्मचारीहरु प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संस्थाको हित विपरीत हुने कुनै पनि किसिमको गतिविधिमा संलग्न हुनु हुँदैन । कर्मचारीले ग्राहकको सूचना र ग्राहकसँग भएको कारोबारको गोपनीयता कायम राख्नु पर्नेछ ।

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।