सेञ्चुरी बैंकको मोबाईल बैकिङ एपबाटै रेमिट्यान्स सेवा

0
Shares

सेञ्चुरी कमर्सियल बैंकले मोबाईल बैकिङ एप सेञ्चुरी पे बाट अनलाईन आन्तरिक रेमिट्यान्स सेवा पनि प्रदान गर्ने भएको छ ।

यस अन्तर्गत सेञ्चुरी रेमिट (रेमिट्यान्स सेवा) मोबाईल बैकिङ एपमा थप गरिएको बैंकले जनाएको छ । यो सेवा संचालनमा आएसंगैं बैंकका ग्राहकहरुले आन्तरिक विप्रेषण सोझै मोबाईल बैकिङ एपबाट पठाउन सक्नेछन् ।

आन्तरिक रेमिटन्स रकम पठाउँदा मोबाईल बैकिङ एपमा रहेको सेञ्चुरी रेमिट मार्फत सोझै नगद वा बैंकको खातामा जम्मा गर्न मिल्ने दुबै सुविधा मध्ये एक रोज्न सकिनेछ ।

यसका साथै मोबाईल बैकिङ एपमा रहेको रिसिभ रेमिट्यान्स प्रयोग गरी आन्तरिक विप्रेषण कार्य गर्न सकिनेछ ।

साथै यस सुविधा अन्र्तगत ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंकका शाखा कार्यलयहरु र देशका ७७ जिल्लामा रहेका १० हजार आधिकारिक एजेण्ट मार्फत रेमिट्यान्स रकम संकलन गर्न सक्नेछन् ।

बैंकले काठमाडौं उपत्यकामा २३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०३ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै २४ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १६० स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।