सनराइज बैंकको मुद्दती निक्षेपको ब्याजदर १० प्रतिशत माथि

0
Shares

सनराइज बैंक (SRBL) ले असोज महिना देखि मुद्दती निक्षेपमा १० प्रतिशत भन्दा धेरै ब्याजदर दिने भएको छ । बैंकले बिहीबार आगामी महिनाका लागि बढेको ब्याजदर सार्वजनिक गर्दै बचत तथा मुद्दती खातामा ५ देखि १० प्रतिशत सम्म दिने भएको हो ।

बैंकका अनुसार एक देखि ५ वर्षसम्ममा मुद्दती निक्षेपमा जम्मा गर्ने निक्षेपकर्ताका लागि बार्षिक १०.०७ प्रतिशत ब्याजदर तोकिएको छ । त्यसैगरी बैंकले साधारण बचत खातामा बचतकर्तालाई ५.०७ प्रतिशत ब्याजदर कायम गरेको जनाएको छ । बैंकले विदेशी मुद्राको बचतमा दिने ब्याजदर पनि बढाएको छ । बैंकले विदेशी मुद्राको बचतमा १ देखि ४ प्रतिशतसम्म कायम गरेको छ ।

आर्थिक गतिविधिले गति लिएसंगै बैंकिङ प्रणालीबाट पैसा बाहिरन थालेपछि तरलता अभावको समस्या देखिन थाल्यो । सरकारीले राजस्व लिने खर्च नगर्ने र बैंकहरुमा भएको पैसा न्युन ब्याजदरका कारण बाहिरिन थाल्यो । त्यसको असर समग्र बैंकिङ प्रणालीमा देखिन थाल्यो ।

बैंकहरुले तरलता व्यवस्थापन गर्नका लागि राष्ट्र बैंकबाट बैंधानिक तरलता सुविधा उपभोग गर्न थालेका छन् । चालु आर्थिक वर्ष सुरु भएसंगै बढ्दै गएको तरलता समस्या समाधानको उपायका रुपमा ब्याजदर बढाउने बिकल्पमा बैंकहरु पुगेका छन् ।

सञ्चालनमा रहेका सबै वाणिज्य बैंकले असोज महिनाका लागि ब्याजदर बढाएर सर्वाजनिक गरेका छन् । नयाँ ब्याजदर अनुसार ठुला भनिएका बैंकहरुले पनि ब्याजदर बढाएर साढे ९ प्रतिशतको हाराहारीमा पु्रयाएका छन् ।

निक्षेपको ब्याजदर बर्ढापछि बैंकहरुको लागत बढ्न जान्छ । त्यसलाई बैंकहरुले कर्जा दिदाँ समायोजन गर्छन । त्यसैले कर्जाको ब्याजदर पनि स्वभाविक रुपमा बढ्न जान्छ ।
सनराइज बैंकले ब्याजदर बढाएसंगै अधार ब्याजदर पनि बढ्न जान्छ । नयाँ निक्षेपको ब्याजदर अनुसार बैंकहरुको कर्जाको ब्याजदर १४ प्रतिशतको हाराहारीमा पुग्न थालेको छ ।

गत आर्थिक वर्षमा आर्थिक गतिविधि कोरोनाका कारण ठप्प थियो । त्यसले गर्दा पनि बैंकिङ प्रणालीमा अधिक तरलता थियो । तर, चालु आर्थिक वर्षको सुरुसंगै वित्तीय प्रणालबाट निक्षेप बाहिरन थालेपछि बैंकहरु तरलताको समस्यामा छन् । अहिलेको तरलता समस्या सम्बोधन गर्नका लागि नयाँ निक्षेप भित्राउन बैंकहरुले ब्याजदरमा प्रतिस्पर्धा सुरु गरेका हुन । यो ब्याजदर बढाउने प्रतिस्पर्धामा असोजको महिनाका लागि सनराइज बैंक सबैभन्दा अघि देखिन्छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।