भारत सरकारले व्याड बैंक स्थापना गर्ने, ३० हजार ६ सय करोडको ग्यारेन्टी

0
Shares

भारत सरकारले ब्याड बैंक स्थापना गर्ने घोषणा गरेको छ । भारतको केन्द्रीय मन्त्रिपरिषदले नेशनल एसेट रिकष्ट्रक्सन कम्पनीको तर्फबाट जारी हुने सेक्यूरिटी रिसिप्टलाई ३० हजार ६ सय करोड भारतीय रुपैयाँको ग्यारेन्टी दिने निर्णय गरेको हो ।

ब्याड बैंकलाई सेक्यूरिटी रिसिप्ट मार्फत कुनै पनि वित्तीय सम्पत्तिमा एसेट रिकष्ट्रक्सनको अधिकार प्राप्त हुन्छ । समान्यत एसेट रिकष्ट्रक्सन कम्पनीले बैंक वित्तीय संस्थाको फसेको कर्जालाई १५ प्रतिशत नगद दिई खरिद गर्छ । बाँकी रहेको ८५ प्रतिशत सेक्यूरिटी रिसिप्ट मार्फत भुक्तानी गर्छ ।

अर्थमन्त्री सितारमणले चालु आर्थिक वर्षको बजेट मार्फत वित्तीय क्षेत्रको जोखिम न्यूनीकरणका लागि एसेट म्यानेजमेन्ट कम्पनी स्थापना गरिने घोषणा गरेकी थिईन । सोही अनुसार सरकारले उक्त कम्पनी स्थापनाको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

भारतीय वित्त मन्त्री निर्मला सितारमणले बिहीबार घोषणा गर्दै पछिल्लो ६ वर्षमा बैंक वित्तीय संस्थाले ५,०१,४७९ करोड भारतीय रुपैयाँ रिकभर भएको जानकारी दिईन । यस मध्ये ३.१ लाख करोड सन २०१८ मार्चमा रिकभर भएको समेत उनले बताईन । व्याड बैंक कम्पनीको स्थापना पछि बैंक वित्तीय संस्थाले फसेको कर्जा उक्त कम्पनीलाई बिक्री गर्न सक्छन । यो कम्पनीले दिने सेक्यूरिटी रिसिप्टमा सरकारको जमानत हुनेछ । यसैको आधारमा कम्पनीले बैंक वित्तीय संस्थाका डुबेका कर्जाको खरिद गर्नेछ ।

इण्डियन बैंकर एसोसिएशनले भारतीय रिजर्भ बैंकलाइ निवेदन दिदै ६ हजार करोड भारतीय रुपैयाँको उक्त कम्पनी स्थापनाको माग गरेको थिए । तर जुलाई मा नै उक्त एसेट म्यानेजमेन्ट कम्पनी, कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भैसकेको थियो । कम्पनीले एक सय करोड भारतीय रुपैयाँको कोष जम्मा गरिसकेको अवस्था छ । साथै कम्पनीले एसेट रिकष्ट्रक्सन व्यवसायको अनुमति माग्दै रिजर्भ बैंक अफ इण्डियामा आवेदन दिइसकेको छ ।

ब्याड बैंक एसेट रिकष्ट्रक्सन कम्पनी हो । यो कम्पनीले बैंक तथा वित्तीय संस्थाका खराब कर्जाको टेकओभर गर्ने काम गर्छ । यो कम्पनीले ब्याड एसेटलाई गुड एसेटमा परिणत गर्ने गर्छ । यो कम्पनीको स्थापना पछि बैंकहरुले कर्जा दिने मात्र काम गर्छन । यो कम्पनीको स्थापना पछि बैंकहरुले कर्जा असुली भए नभएको सन्दर्भमा धेरै ध्यानदिइरहनु पर्दैन । त्यसका साथै ठुलो मात्रमा कर्जा लिने र नतिर्ने समस्याका कारण बैंक वित्तीइ संस्थामा हुन सक्ने जोखिम न्यूनीकरण गर्न यो कम्पनीको मुख्य भुमिका हुन्छ । नेपालको सन्दर्भमा पनि बैंकहरुले एसेट म्यानेजमेन्ट कम्पनीको स्थापना गर्नुपर्ने माग गर्दे आएका छन ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।