डक्टर्स अन कल नेपालले जित्यो ‘एनवाईईएफ स्टार्टअप अवार्ड २०२१’

0
Shares

‘डक्टर्स अन कल नेपाल’ काठमाडौँ च्याप्टरको स्टार्टअप अवार्ड २०२१ को विजेता भएको छ ।

नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) ले आयोजना गरेको अवार्ड कार्यक्रममा ‘डक्टर्स अन कल नेपाल’ प्रथम, ‘अर्बन नेपाल’ दोस्रो र ‘अन्सु टेक्नोलोजी’ तेस्रो भएका छन् ।

पुरस्कार स्वरुप विजेता कम्पनी डक्टर्स अन कल नेपालले नगद १ लाख ५० हजार रुपैयाँ, दोस्रो हुने अर्बन नेपालले ७५ हजार र तेस्रो हुने अन्सु टेक्नोलोजीले ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

उक्त कार्यक्रममा देशभरबाट एक सय बढी कम्पनी सहभागी भएका थिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।