निवर्तमान डेपुटी गर्भनर शिवाकोटीको ‘हिमालबाट हिउँ पग्लि’ गीतको भिडियोकोे लोकप्रियता चुलिदैँ

0
Shares

नेपाल राष्ट्र बैकका निवर्तमान डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीको गीतसङ्ग्रह ‘पत्थरको मुटु’ मा समावेश ‘हिमालबाट हिउँ पग्लि’ गीतले लोकप्रियता हासिल गर्दै गएको छ ।

शिवाकोटीको गीतसङ्ग्रह ‘पत्थरको मुटु’ समावेश ‘हिमालबाट हिउँ पग्लि’ गीतको भिडियो धेरैले रुचाएको प्रतिक्रिया दिएका छन् ।

यो गीतमा गायक प्रमोद खरेल र गायिका मेलिना राईको आवाज सुन्न पइन्छ । गीतमा सुरेश अधिकारीले संगित भरेका छन् भने कलाकार आकाश अधिकारी र निता ढुङ्गाना मोडलिङको भूमीकामा देखिएका छन् ।

गीतमा कोरियोग्राफरको भूमीकामा कमल राई छन् । गीतको निर्देशन आकाश अधिकारीले नै गरेका छन् । त्यसैगरी, कोमल वली, धिरेन शाक्य, शिव श्रेष्ठ लगायतको अभिनय समेत देख्न सकिन्छ। गीतको भिडियो ओएसआर डिजिटल युटुव च्यानल मार्फत सार्वजनिक भएको छ ।

 शिवाकोटीको गीतले देशको जातजति, भुगोल र प्राकृतिक विविधताको बारेमा गीतमा सन्देश दिन खोजका छन् । उनले बहुजाती, बुहभाषी र भुगोलको विविधता भएको देशमा सबैले मिलेर देशको विकासमा लाग्नु पर्ने सन्देश दिन खाजेका छन् ।

‘पत्थरको मुटु’ गीतसङ्ग्रहमा उनले विसं २०४३ देखि लेखेका ५२ वटा गीतहरू समावेश छन्। यसअघि शिवाकोटीले ‘समृद्ध नेपाल सुखी नेपाली’ ‘जिउँदै छु’, ‘आएन खबर’ बोलको गीतहरु सार्वजनिक गरिसकेका छन् । साथै, आगामी दिनहरुमा पूर्णरुपमा कलाक्षेत्रमा सक्रिय हुने शिवाकोटीको भनाई छ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।