प्राइम लाइफ इन्स्योरेन्सले प्रस्ताव गर्यो लाभांश


प्राइम लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट शेयरधनीलाई बितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

इन्स्योरेन्स सञ्चालक समितिको शुक्रबार बसेको बैठकले अघिल्लो आर्थिक वर्षको कमाईबाट हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.८७ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले प्रस्ताव गरेको लाभांश बीमा समितिबाट स्वीकृत भएर साधारण सभाले अनुमोदन गरेपछि शेयरधनीले पाउने छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।