सानिमा बैंकको दशैं धमाका योजनाः दराजबाट सामान खरीदमा अधिकतम २५०० सम्मको छुट

0
Shares

सानिमा बैंक (SANIMA) ले नेपालीहरुको महान चाड वडा दशैंंको अवसरमा ग्राहकहरुको लागि “दशैं धमाका” योजना सार्वजनिक गरेको छ ।

अनलाइन सपिङ्ग पोर्टल दराजसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त हुनेछ ।

यो योजना अन्तर्गत सानिमा बैंकको डेबिट कार्ड प्रयोगकर्ताले दराजबाट सामान खरिद गरी भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् २ हजार रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २ हजार ५०० रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नुहुनेछ । योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “First come first serve” को आधारमा छुट प्रदान गरिने छ । यो योजना यही आश्विन १० गतेदेखि आश्विन १८ गतेसम्म ९ दिनका लागि लागू हुनेछ ।

सानिमा बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी (EMI) सुविधा लिंदा ५०० क्यासब्याक पनि प्रदान गर्दै आएको छ । यो योजना आश्विन १ देखि कार्तिक ३० गतेसम्म लागू हुनेछ ।

सानिमा बैंकको क्रेडिट कार्ड बैंकको वेबसाइट मा लगइन गरी आवेदन दिन सकिन्छ । सानिमा बैंकको देशका सातै प्रदेशमा १०६ वटा कार्यालय तथा ९७ वटा ए.टि.एम. संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।

ग्राहकले विस्तृत विवरणको लागि https://www.sanimabank.com/products/cards/discount-outlets मा लगइन गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।