बैंकहरुमा पछिल्लो साता मात्रै १२ अर्ब विदेशी मुद्रा थपियो, ३१ अर्ब कर्जा प्रवाह


चालु आर्थिक वर्षको तेस्रो महिना अर्थात असोजको पहिलो सातामा बैंकहरुमा विदेशी मुद्राको निक्षेप १२ अर्ब रुपैयाँले बढेको छ । विदेशी मुद्राको निक्षेप उच्च दरमा बढेपछि सो अवधिमा बैंकहरुको समग्र निक्षेप भने ९ अर्बले बढेको हो ।

असोज महिनाको पहिलो सातामा बैंकहरुवाट ३ अर्ब रुपैयाँ रुपैयाँ बाहिरिएको छ । तर यस अवधिमा १२ अर्ब भन्दा धेरैको विदेशी मुद्रा निक्षेप थपिएको हुनाले निक्षेप बढेको देखिएको हो । त्यसैगरी बैंकहरुले यो साता २९ अर्ब रुपैयाँ स्वेदशी मुद्रा कर्जा लगानी गरेका छ । बैंकहरुले २ अर्ब रुपैयाँ विदेशी मुद्रा कर्जा लगानी गरेका छन् । स्वेदशी र विदेशी मुद्रालाई एकिकृत गरेर भन्नु पर्दा यो साता बैंकहरुले ९ खर्ब निक्षेप संकलन गरी ३१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका हुन् ।

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा बैंकहरबाट करिब ७८ अर्बले निक्षेप घटेको थियो । यो अवधिमा पनि बैंकहरुले ४३ अर्ब रुपैयाँले कर्जा विस्तार गरेका थिए । चालु आवको भदौ महिना लागेपछि बैंकहरुमा केही निक्षेप थपिन थालेको देखिन्छ । भदौमा बैंकहरुबाट बाहिर गएको करिब ७८ अर्ब रुपैयाँ केही रकम फिर्ता भएको देखिन्छ । भदौ महिनामा बैंकहरुले करिब ४८ अर्ब रुपैयाँ निक्षेप बढाएका छन् । त्यसैगरी भदौमा बैंकहरुले १३९ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् ।

भदौ महिनाको सुरुदेखि बैंकहरुमा तरलता अभावको समस्या देखिन थाल्यो । बैंकहरुले तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंक मार्फत स्थायी तरलता सुविधा लिन थाले । बैंकहरुले कर्जा प्रबाह मात्र नभै दैनिक मौद्रिक व्यवस्थापनका लागि पनि नयाँ निक्षप लिनु पर्ने अवस्था आयो । तरलता अभावको समस्या असोजसम्म आइपुग्दा बैंकहरुले ब्याजदर बढाउनुको विकल्प देखेनन् । त्यसपछि असोज महिनालाई लक्षीत गरेर सबै बैंक वित्तीय संस्थाले निक्षेपको ब्याजदर बढाउन थाले । ब्याजदर बढाउदा पनि बैंकहरुमा स्वदेशी मुद्राको निक्षेप थपिनुको सट्टा झनै घट्दै गएको छ ।

बैंकहरुले असोज ८ गतेसम्ममा कुल ४१८० अर्ब निक्षेप संलकन गरी ३९०३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । पछिल्ला दिनहरुको बैंकहरुको कर्जा निक्षेप अनुपात पनि ८७ प्रतिशत भन्दा माथि रहेको अवस्था छ । यसले बैंकहरुले आगामी दिन कर्जा प्रबाहको क्षमता न्यून रहेको देखिन्छ । हाल बैंकहरुसंग करिब २ खर्ब कर्जा विस्तारको क्षमता रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।