आइएमई र वाइकोबीच भएको सहकार्यमा धितोपत्र बोर्डको चासो, नेप्सेसँग माग्यो विवरण

0
Shares

नेपाल धितोपत्र बोर्डले आइएमई समुह र वाइको प्रालिबीच भएको सहकार्यमा चासो देखाएको छ । बोर्डले धितोपत्र बजारका तथ्याङक आइएमई समुहको पहुँचमा पुग्ने जोखिमको सन्दर्भमा जानकारी माग्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्राचार गरेको छ ।

धितोपत्र बोर्डले बुधबार नेप्सेलाई पत्र पठाउदै वाइको प्रालि, वाइको सोलुसन र आइएमई समहुकोबीचको सहकार्यले धितोपत्र बजारमा के कस्तो जोखिम हुन सक्छ भन्दै त्यसको विवरण माग गरेको हो । धितोपत्र बोर्ड स्रोतका अनुसार वाइको प्रालि र आइएमई समुह मिलेर नयाँ कम्पनी स्थापना गरी काम नै गर्न थालेको हुँदा त्यसको बास्तविकता के हो भनेर जानकारी माग गर्दै पत्राचार गरिएको जनाएको छ ।

धितोपत्रको दोस्रो बजारको ठुलो खेलाडीको रुपमा रहेको आइएमई समुहले वाइको प्रालिसँग मिलेर वाइको सोलुसन प्रालि स्थापना गरेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) को अनलाइन कारोबार प्रणालीको भेण्डर कम्पनी वाइको प्रालि हो । साथै सोही कम्पनीले मर्मत तथा सम्भारको काम गर्दे आएको थियो । केही समय अघि आइएमई समुहको बहुमत शेयर हिस्सा रहने गरी वाइको प्रालिले वाइको सोलुसन स्थापना गरेर ब्रोकर प्रयोग गर्दै आएको कारोबार सेटलमेन्ट प्रणालीको सेवा नै प्रदान गर्न थालेको जानकारी आएपछि बोर्डको चासोको विषय बनेको थियो ।
अर्थमन्त्रालयले समेत चासो देखाएपछि बास्तविकता बुझ्नका लागि बोर्डले नेप्सेलाई पत्राचार गरेको बोर्ड स्रोतको भनाई छ । “धितोपत्र बजारमा हुनसक्ने गलत अभ्यासलाई धितोपत्र बोर्डले नियन्त्रण गर्नुपर्छ,” बोर्ड स्रोतले भन्यो,“आइएमई समुह र वाइकोको सहकार्यको यथार्थ के हो भनेर नेप्सेसंग जानकारी माग भएको छ ।”

त्यसका साथै कुनै व्यवसायिक समुह र वाइकोको सहकार्यले धितोपत्र बजारको तथ्याङक विवरणमा जोखिम बढाउँछ वा वढाउँदैन भन्ने विषयको समेत जवाफ मागिएको बोर्ड स्रोतले जानकारी दियो । “ आइएमई समुह र वाइकोको सहकार्यले धितोपत्र बजारको तथ्याङकको जोखिम सम्बन्धी विवरण अबिलम्ब धितोपत्र बोर्डमा पठाउनु भनेर नेप्सेलाई पत्राचार भएको छ,” स्रोतले थप्यो ।

धितोपत्र बजारमा प्रयोग भएका प्रविधिको भेण्डर तथा मर्मत सम्भार गर्ने कम्पनीलाई आइएमई समहुले प्रभावमा पारी धितोपत्रको दोस्रो बजारमा चलखेल गर्न खोजेको स्पष्ट हुन्छ । आइएमई समुहका अध्यक्ष चन्द्र प्रसाद ढकाल केही समय अघि सम्म धितोपत्र बोर्डका सञ्चालक थिए । ढकाल धितोपत्र बोर्डको सञ्चालक हुँदा नै वाइकोसंग सहकार्य गर्ने र बजारमा चलखेल गर्ने योजना अनुसार अहिले काम हँुदै आएको हो । धितोपत्र बजारमा संस्थागत लगानीकर्ता मार्फत लगानी गर्दे आएका छ भने सो समुहको लगानी रहेका दजर्नौ कम्पनी धितोपत्र बजारमा सुचिकृत छन् ।

नेप्सेको टीएमएसको एएमसी कसरी पुग्यो आइएमई ग्रुपको वाइको सोलुसनमा ?

वाइकोसँग मिलेर शेयर बजार कब्जा गर्ने योजनामा आइएमई ग्रुप

वाइकोले आईएमई समुहसँग सहकार्य गर्दा नेप्सेको तथ्याङ्कको गोपनियता जोखिममा

आइएमई समुहको वाइको सोलुसनलाई तत्काल भुक्तानी नगर्ने ब्रोकरहरुबीच सहमती

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।