सनराइज बैंकमा तलब खाता हुनेले बिना धितो १५ लाखसम्म ऋण पाउने

0
Shares

सनराइज बैंकले विभिन्न संघ संस्था तथा कार्यालयमा कार्यरत कर्मचारी वर्गलाई लक्षित गरी सनराइज पेरोल ऋण योजना ल्याएको छ ।

यस योजना अन्तर्गत सनराइज बैंकमा तलब खाता भएका कुनै पनि ग्राहकले बिना धितो १५ लाखसम्मको कर्जा लिन सक्नेछन् ।

योजना अनुसार ग्राहकहरूले अधिकतम २४ महिनाको तलब अथवा ५ लाखसम्मको ओभर ड्राफ्ट र १० लाख सम्मको आवधिक कर्जा गरी अधिकतम १५ लाख सम्मको कर्जा लिन सक्नेछन् ।

कर्जा लिन ग्राहक कुनै पनि संस्थाको कर्मचारी हुनुपर्ने छ । उक्त कर्जा ५ वर्ष सम्मको लागि प्रदान गरिने बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।