वीस् अटिजम फाउण्डेसनको सहयोगार्थ रुपक डोटेलको साथमा “म्यूजिकल इभ”

0
Shares

किवानीज क्लब अफ काठमाण्डौं नेपालयले वीस् अटिजम फाउण्डेसन नेपालको सहयोगार्थ चर्चित गायक रुपक डोटेलको साथमा “म्यूजिकल इभ” आयोजना गरेको छ ।

“म्यूजिकल इभ” असोज १६ गते शनिबार काठमाण्डौंको सुकेधारास्थीत यूनिभर्सल क्याफेमा दिउँसो ४ बजेबाट सुरु हुनेछ । उक्त कार्यक्रममा युवा पुस्ताका चर्चित गायक रुपक डोटेलको साथमा सिर्जु अधिकारी र रमेश बाबुको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।

किवानीज् क्लब अफ काठमाण्डौंले अन्य विभिन्न सामाजिक संस्थाहरुसँगको सहकार्यमा संचालन गर्न लागेको वीस् अटिजम फाउण्डेसन नेपालको लागि रकम जुटाउन सो कार्यक्रम आयोजना गरेको हो । क्लबले आर्थिक तथा शारिरिक रुपमा कमजोर रहेका बालबालिकाहरुको सहयोगार्थ विभिन्न कार्यक्रमहरु पनि सञ्चालन गर्दै आइरहेको छ ।

वीस् अटिजम फाउण्डेसन नेपालले वौद्धिक अपाङ्गता भएका बालबालिकाहरुको क्षमता विकासमा काम गर्ने लक्ष्य राखेको छ । उक्त च्यारीटी मार्फत संकलन भएको रकम किवानीज् क्लब अफ काठमाण्डौं नेपालयले फाउण्डेसनलाई उपलब्ध गराउनेछ ।

उक्त कार्यक्रमको प्रमुख प्रायोजकमा गुडविल फाइनान्स रहेको छ । त्यस्तै आईएमई फाउन्डेसन, कुल इनर्जी ड्रिक्स प्रायोजकका रुपमा रहेका छन् । सागा एडभान्चर टुर्स एण्ड ट्राभल्स, रेवा सफ्ट, आइमार्क , छबि बेक्स, ह्वाइट हिमालयन ट्रेक, रुची फेसन वयर बिजी मल, होटल ब्लुबेरी, होटल गरंगा बन्दीपुर तथा नोटबजार डटकम डट एनपी, पोष्टमाण्डू एवं खबरवाणी सहयोगी संस्थाका रुपमा रहेका छन् ।

“म्यूजिकल इभ” को प्रवेश शुल्क एक हजार ५ सय रुपैयाँ राखिएको छ । सहभागीहरुलाई डिनरको व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ । इच्छुक सहभागीले कार्यक्रम स्थलबाट पनि टिकट खरिद गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।