महालक्ष्मी लाईफ इन्स्योरेन्सले बेलौरी र टिकापुरमा ‘युवासँग महालक्ष्मी लाईफ’ को जनचेतना कार्यक्रम आयोजना गरेको छ । आर्थिक वर्ष २०७८र०७९ भित्र २५ वटा भन्दा बढी जिल्लामा’युवासँग महालक्ष्मी लाईफ’ बीमा जागरण राष्ट्रिय अभियान संचालन गर्ने लक्ष्य लिए अनुरुप कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।
बेलौरीको महाकाली बहुमुखि क्याम्पसमा मिति २०७८ आश्विन १७ गते सम्पन्न कार्यक्रममा स्नातक तहका १५० भन्दा बढी विद्यार्थीहरुको सहभागिता थियो । क्याम्पस प्रमुख धर्मराज जोशीको अध्यक्षतामा भएको बीमा जनचेतना कार्यक्रममा सहायक क्याम्पस प्रमुख गंगा प्रसाद रिजाल, कम्पनीका क्षेत्रिय प्रमुख हर्क बहादुर बोहराले कार्यक्रमको महत्व बारेमा खुलाएका थिए ।
त्यसै गरी सोमबार विहान कैलालीको टिकापुर स्थित टिकापुर बहुमुखि क्याम्पसमा पनि’युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ७० भन्दा बढिको सहभागिता थियो । निमित्त क्याम्पस प्रमुख धन कृष्ण उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले सहभागी विद्यार्थीहरुलाई बीमा बारे प्रशिक्षण दिएका थिए ।
कम्पनीले यस अघि पर्सा, बारा, रौतहट, मोरङ र कैलाली जिल्लामा कार्यक्रम सम्पन्न गरिसकेको छ भने यसै हप्ता म्याग्दी, वागलुङ र तनहुमा कार्यक्रम गर्ने जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया