बालबालिकाको सहयोगमा जुट्दै किवानीज क्लव अफ काठमाडौं नेपालय

0
Shares


किवानीज क्लव अफ काठमाडौं नेपालयले बैद्धिक अपाङगता भएका बालबालिकाको सहयोगका लागि सहयोग रकम जुटाउन एक सांगीतिक कार्यक्रम सम्पन्न गरेको छ ।

क्लबले वीस् अटिजम फाउण्डेसन नेपालको स्थापनार्थ सहयोग जुटाउन असोज १६ गते शनिाबरा उक्त कार्यक्रम गरेको हो। फाउण्डेसनले बौंद्धिक अपाङ्गता भएका बालबालिकाको क्षमता विकासमा काम गर्ने लक्ष्य राखेको छ ।

बौद्धिक अपाङगाता भएका बालबालिकासँग सँगसँगै भन्ने नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रममा गायक रुपक डोटेल, रमेश बाबु र गायिका सृजु अधिकारीले प्रस्तुती दिएका थिए ।

कार्यक्रममा सहभागी भएका बिक्रम विष्ट र कटैया शाहले ५६ हजार, रुद्र शर्माले ५१ हजार तथा यादव मल्लले ३६ हजार रुपैयाँ फाउण्डेसनको लागि नगद सहयोग गरेका छन् ।

कार्यक्रमको मूख्य प्रायोजकको रुपमा गुडविल फाइनान्स र सहप्रयोजकको रुपमा आइएमइ फाउण्डेशन र अम्रापालि कुल रहेका थिए । यसैगरी आइमार्क, सागा ट्राभल्स, ह्वाइट हिमालयन ट्रेक, रेवा सफ्ट, गरंगा होलिडे तथा होटल, छवी बेक्स, होटल ब्लुबेरी पोखराले पनि कार्यक्रम आयोजक क्लबलाई सहयोग गरेका थिए।

कार्यक्रममा किवानिज इन्टरनेशल नेपालको नया कार्यसमितिलाई सम्मान गरिएको थियो । कार्यक्रममा किवानिज क्लब अफ काठमाडौं नेपालयकी प्रेसिडेन्ट डा. अनुपमा श्रेष्ठले सहयोगी संस्थाहरुलाई कदरपत्र प्रदान गरीन।

क्लबले आर्थिक तथा शारिरिक रुपमा कमजोर रहेका बालबालिकाहरुको सहयोगार्थ विभिन्न कार्यक्रम संचालन गर्दै आइरहेको र आगामी दिनमा समेत सामाजिक कार्यक्रमलाई निरन्तरता दिइने किवानिज क्लब अफ काठमाडौं नेपालयका सचिव ज्ञानेन्द्र थापाले जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।